भदौ २०,२१ र २२ गते गरि तिन दिन सम्म चलेको थारु पत्रकार संघको चौथो महाधिबेसन सम्पन्न भएको छ ।महाधिबेसनले सन्तोष दहित को नेतृत्वमा नया समिति चयन गरेको छ ।संघको उपाध्यक्षमा उन्नति चौधरी (कैलाली), महासचिवमा सन्तकुमार चौधरी (चितवन), सचिवमा कमल चौधरी (रुपन्देही), कोषाध्यक्षमा दुष्यन्त चौधरी (बारा) सर्वसम्मत चयन हुनुभयो । त्यस्तै, सदस्यहरुमा हेमन्त चौधरी (बाँके), दिप्ती शिखा चौधरी (दाङ), श्रीराम दहित (दाङ), मधुरानी चौधरी (बाँके), रेनु चौधरी (बारा), शम्भुप्रसाद थारु (बाँके), राजु चौधरी (चितवन), रामअवतार चौधरी (कपिलवस्तु), रामचन्द्र कुश्मी (कञ्चनपुर) र चन्द्रिका चौधरी (कञ्चनपुर) रहेका छन् ।महाधिबेसन सफल कि असफल ?
नया नेतृत्व चयन गरेको महाधिबेसनको चुनावलाई सर्वसहमत दावी गरेपनि फरक मत राखेर बिरोध पनि भएको छ ।
फरक मत राखने समुहले महाधिवेसन सर्वसहमत रुपले नगरेको महाधिवेसनको केन्द्रिय संयोजक र निर्वाचन मण्डल माथि आरोप लगाएको छ ।महाधिवेसनको सर्वसहमत नभएको दावी गर्दै थारु पत्रकार संघ जिल्ला समितिहरु सिराहा, सप्तरी , उदयपुर , मोरंग , सुनसरी ,पर्सा का साथै तत्कालिन केन्द्रिय महासचिव किशोर चौधरी , कोषाधक्ष्य प्रतिमा चौधरी लगायत ४ केन्द्रिय सदस्यले समेत बिरोध गरेको छ।

आर्थिक हिनामिना देखि निर्वाचन मण्डल निष्पक्ष्य नभएको दावी

फरक मत राख्ने समुहले संघको बिधान बिपरित आर्थिक हिनामिनाका साथै आफ्नो फरक मत राख्दा पनि सुनुवाई नगरेको निर्वाचन मण्डल माथि आरोप लगाएको छ ।निर्वाचन मण्डलमा पुर्व अध्क्षयहरु लक्की चौधरी र कृष्णराज सर्वहारी समेत रहेका थिए ।था.प.स. मोरंगको अध्क्षय लिलानाथ गच्छदारको अनुसार थारु पत्रकारहरुको एकता नारामै सिमित रहेको यथार्थ मा राजनीतिक हावी भएको बताउनु भएको छ ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here