हाल थारु भाषाको गित तथा भिडियो बने होडबाजी नै चलेको छ । भिडियो गित संगै थारु मोडलहरु उतिकै थारु म्युजिक तथा फिल्म क्षेत्रले पाउन थालेको छ ।हाल थरुहट डटकमले गरेको एक सर्वेक्षण अनुसार थारु मोडलहरुको कसको धेरै फ्यान छन् त् ?


महिमा कुश्मी

कैलालीकी मोडेल महिमा कुश्मीले करिव दर्जन थारु तथा नेपालि भिडियोमा अभिनय गरिसकेकी छिन । नव प्रवेसी मोडेल कुश्मिको फेसबुक पेजमा १९ हजार लाइक तथा ६२ हजार जनाले फलो गरेका छन्। कुश्मी अझ पनि नया धमाकेदार गितको भिडियोमा अवसर खोजिरहेकी छिन ।

सुनिता दहित
बाकेकी थारु मोडेल सुनिता दहित करिब देश भरि नै थारु कार्यक्रममा आफ्नो प्रतिभा देखाइसकेकी छिन ।दहितको २८ सय फेसबुक पेज लाइक तथा २९ सय जनाले फेसबुक पेजमा फलो गरेको छ । सुनिता दहितले फेसबुक पेज भन्दा आफ्नो आइडिमा बढी सक्रिय रहेकी छिन ।


ममता चौधरी

मोडल ममता चौधरीलाइ छोटो समयमा चाडो चर्चित भएको मोडलको रुपमा लिन सकिन्छ । थारु गायिका अनु चौधरीको “चुरी पायल ” बाट चर्चा कमाएकी ममता चौधरी चितवन जिल्लाकी हुन् ।स्टेजमा हट नृत्य प्रदशनमा पौरखी मानिएकी ममता चौधरीको गढी माइ भिडियो गित कपि गरेको भनेर विवादमा परेको थियो।उनको ५६ सय फेसबुक पेज लाइक तथा ५७ सय जनाले फलोअर रहेको छ ।


अन्जु कुश्मी

नृत्य क्षेत्रमा मात्र नभई गित पनि गाउन सक्ने चर्चित मोडल हुन् ,अन्जु कुश्मी ।थारु संस्कृति झल्कने गित देखि थारु आइटम गित गाउने तथा नृत्य गरेर चर्चा कमाएकी अन्जुको फूलकुमारी गित थारु संगीत क्षेत्रमा तहल्का नै पिटेको थियो ।सामाजिक संजाल फेसबुकमा उनको सात हजार लाइक तथा सात हजार एक सय फेसबुक पेज फ़्लोएर रहेको छ ।


एलिसा चौधरी

एक समय एकक्षत्र राज गरेकी मोडल एलिसा चौधरीको सामाजिक संजाल फेसबुकमा आठ हजार लाइक तथा फ़्लोएर रहेको छ ।अन्तर जातीय प्रेम पश्चात बैबाहिक बन्धनमा रहेकी एलिसा चौधरीले एक सन्तान समेत रहेको छ । हाल सामाजिक संजाल तथा थारु म्युजिक भिडियोमा एलिसा निस्क्रिय रहेको छन ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  

1 टिप्पणी

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here