पुस १५ ,२०७६
थारु समुदायको चर्चित मोडेल सुनिता दहित र बिवसको नया थारु म्युजिक भिडियो सी.एस फिल्मले सार्वजनिक गरेको छ ।गायक विश्व सागर परियार र गायिका सुमन चौधरीको स्वरमा रहेको उक्त गितले दर्शकको निकै माया पाउने विश्वास गरिएको छ । संगै उनले माघीको अवसरमा उज्जर गोनिया बोलको कल्चरल गितको सुटिङ चलि रहेको जानकारी दिएका छन् । यसमा चर्चित गायक जनक चौधरी र नव गायिका संजिता चौधरीले स्वर दिएका छन् ।

गायक विश्व सागर

राप्ती सोनारी गाउँपालिका ४ गौरी गाउँ निवासी नव गायिका चौधरीको यो पहिलो प्रस्तुती हो । केहि दिन अघि सि. एस फिल्मस प्रा.लि बाट सार्वजनिक भएको अडियो गितमा गायिका चौधरीको स्वरको निकै प्रंशसा गरिएको छ । युटुव च्यानलमा दर्शक श्रोताहरुले कमेन्ट गर्दै नव गायिकाको स्वरको चर्चा गरेका छन् । यस्तै गरि सुशिल दहितको शब्द संगितमा रहेको कल्चरल गित साली भाटु २ पनि सार्वजनिक हुँदैछ । गायक परियार र सुमन चौधरीको स्वरमा सार्वजनिक हुन लागेको गीतले माघीमा निकै तहल्का मच्चाउने दावी गरिएको छ ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला

Spread the love
  •  
  •  
  •  
  •  
  •  

1 टिप्पणी

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here