एलएन गच्छदार

मोरंग, पुस १५ गते मंगलबार – मोरंगको ग्रामथान – ७ मा रहेको प्रदेश १ कै नमुना कृषि फर्म जयपति कृषि फर्मको मिल्किङ पार्लर मेसिनको उदघाटन प्रदेश १ का सामाजिक बिकास मन्त्री जीवन घिमिरेले गर्नुभयो ।

राज्यले अबिलंबन गरेको समृद नेपाली सुखी नेपालीको नारालाई आत्मसाथ गर्दै ब्यबसायिक कृषिको माध्यमबाट रोजगारी सृजना गर्न र बेरोजगारी समस्या हल गर्न जयपति कृषि फर्मले २ वर्ष भित्रमा नयाँ ढंगले ब्यबसायलाई अगाडी बढाएको छ । मोरंगको ग्रामथान गाउँपालिका – ७ मा रहेको उक्त कृषि फर्मले २० जनालाई प्रत्यक्ष रोजगारी सृजना गरेका छन् ।  अहिले ब्यबस्थित रुपमा कृषि फर्मलाई अगाढी बढाउदै ६० थान माउ गाई, ३५ थान कोरेली बाछी, १५ थान साना बाछी र १ थान बिउ गोरु रहेका छन ।

फर्मका संचालक यादब ढकालले २३ वर्ष सम्म कृषि पेसाबाट राम्रो आम्दानि गर्न नसकेका कहिल्यै हरेश खाएनन । बुवाआमा र हजुरबुवाले गर्ने कृषि जीवनमुखी मात्र थियो। घास काट्नु पर्छ, गोबर सोहर्नु पर्छ तर हातले नै काट्नु पर्छ , सोहर्नु भन्ने छैन त्यसको लागि आधुनिक मेसिन आएको र कृषिलाई ब्यबसायीमुखी बनाउनु पर्ने धारणा व्यक्त गरेका छन् । उनको फर्ममा घास काट्ने मेसिन, दुग्ध पुर्याउन आफ्नो सवारी साधन, दाना खुवाउने मेसिन र  एक ट्याक्टर फर्मको लागि प्रयोग भएको छ । अहिले उनले  फर्ममा २ करोड ९२ लाख लगानी गरेका छन् । कृषि मन्त्रालयबाट २५ लाख अनुदान समेत प्राप्त गरेका छन् ।

२४ वर्ष पछी उनले प्रदेश सरकारबाट दुग्ध मेसिन मिल्किङ पार्लर अनुदान पाएपछि एक कार्यक्रम गरि बिधिबत उदघाटन गराएको हो । सामाजिक बिकास मन्त्री घिमिरेले मिल्किङ पार्लरको उदघाटन गर्दै सामुहिक ढंगले ब्यबसाय गर्नु पर्ने र कृषि घरको र आफ्नो लागि मात्र उत्पादन गर्ने होइन अरुको लागि उत्पादन गर्नु पर्ने र ब्यबसायिक ढंगबाट अघि बढ्नु पर्ने , परम्परागत कृषि प्रणाली लाई बदल्नु पर्ने बताएका छन् ।

त्यसैगरी ब्यबसायिक पशुपालनमा नश्लको समस्या, सहुलियत ऋणको समस्या, आधुनिक प्रविधिको र दुग्ध बिक्रि गर्दा बिचौलियाको समस्या रहेको फर्म संचालक ढकालले जानकारी दिए । बिदेशमा जाने युवाको लागि समेत नेपलामै ब्यबसायी गरि कमाउन सक्ने उदाहरण बन्दै बिदेशिएका युवालाई संदेश दिएका छन् । उनको फर्मबाट दैनिक २ हजार ५ सय लिटर दुग्ध उत्पादन हुन्छ भने दैनिक ८ हजार केजी गोबर र ९ हजार लिटर युरिनलाई प्रसोधन गरि कम्पोस्ट मल बनाई बिक्रि वितरण गर्ने र तेस्रो मुलुकबाट आयात हुने मललाई केहि हद सम्म घटाउने कामको थालनी गर्ने जनाएको छ ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here