एलएन गच्छदार

मोरंग । पुस २० गते, आइतबार – ग्रामथान र  बुढीगंगा गाउँपालिका बिच  दोहमना घाट त्रिबेणी संगम स्थल गिधनिया – हतिमुडामा सिताराम नाम जप महायज्ञ २०७६ हुन गईरहेको छ । परम तपस्वी सन्त श्री आत्मानन्द दास महात्यागी चट्टी बाबा जो नेपाली बाबाको नामले चिनिनु भएको छ, वहाको तत्वधानमा हुन् गईरहेको जनाएको छ । श्री हनुमान आराधना मण्डल नेपाल मोरंग र युवा चालिसा केन्द्र समिति, सिताराम नाम जप महायज्ञ समितिको आयोजना हुन् लागेको महायज्ञमा १ हजार ८ वटा शिवालिंग स्थापना हुनेभएको छ ।     

मूल महायज्ञ स्थलमा ४० हजार वटा बास मात्र प्रयोग भएको छ भने मुर्ती निर्माण र मन्दिर निर्माण गर्ने काम तिब्ररुपमा भएको र भारत तथा नेपालका कलाकारले निर्माण गरिरहेको श्री हनुमान आराधना मण्डल नेपाल मोरंगका अध्यक्ष पुलिस बिश्वासले जनाएको छ । सो महायज्ञ गर्न हाल सम्म स्थानीय निकाय, प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिएको र भक्तजनको दानले चलिरहेको र अहिले सम्म २ करोड खर्च भईसकेको बिश्वासले बताउनु भयो ।  

 सोहि स्थानमा गत भदौ २१ गते बाबाको आगमन संगै भदौ २४ गते देखि बाबाकै मुखारविन्दबाट प्रत्येक दिन अपरान्ह ३ बजे देखि ५ बजे सम्म प्रवचन हुँदै आएको छ । महायज्ञमा हवन गर्नाले व्यक्तिको अकाल मृत्युबाट बच्न सकिने, कहिले पनि अनिष्ठ नहुने, पुत्र तथा पति शोकबाट बच्न सकिने, समयमा बर्षा हुने, समयमा बर्षा हुने, सबैको कल्याण हुने तथा विश्व कल्याणार्थको लागि बैदिक तरिकाले गर्ने तपस्वी श्री आत्मानन्द दास महात्यागी चट्टी बाबाले जानकारी दिनुभयो ।

१ हजार ८ मण्डलीको साथमा १ हजार १ सय दम्पति सहित एकै साथ एक मड़पमा अर्थात एक सय कुण्डमा राम मन्त्र हवन गर्ने र बाल्मिकी रामायण अनुसार २४ हजार श्लोक उच्चारण गरि हवन गरिने आयोजक समितिले जनाएको छ ।

आगामी माघ १२ गते देखि मुन्डन संस्कार शिक्षा, १३ गते कलश यात्रा, १४ गते चौथी पंचाङ्ग पुजा, १५ गते मण्डप प्रवेश, १६ गते आरती मन्थन तथा २६ गते पुर्नाहुती हुने कार्यक्रम रहेको छ ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  

4 टिप्पणी

  1. बहोत हि खुशी के बात छेकी हनुमान आराधना मन्डल द्वारा संचालित कार्यक्रम हावे ज्यारहल मे बहोत हि आभार प्रकट करे चाहछिन,,,संयोजन टिम के,,,जय श्री राम,,,

  2. बहुत खुशी के वाद महायज्ञ सुरु कर्नेसे
    बहुमत खुशी लाग्रहा है

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here