एलएन गच्छदार
मोरंग, माघ १ गते, बुधबार
– सुमधुर स्वरका धनि थारु समुदायका चर्चित गायक देवकृष्ण बिश्वास र लोकप्रिय गायिका अनु चौधरीको प्रस्तुति अगामी जनवरी १७ अर्थात माघ ३ गते दुबईमा हुने माघी महोत्सवमा हुने भएको छ । थारु कल्याणकारी सभा युएई र पूर्वेली प्रवासी थारु समाज युएईको आयोजना हुने माघी महोत्सवका लागि आज बेलुका ८:०० बजे त्रिभुवन बिमानस्थलबाट दुबई प्रस्थान गरेका हुन्।
उक्त कार्यक्रम दुबईको डेरा पल्टन टावर होटेलमा हुने भएको छ । कार्यक्रममा थारु सांस्कृतिक झल्किने लाठि नाच, कण्डील कल्चर वाक, थारु भेषभुषा, थारु परिकार प्रदर्शनी रहने छ । त्यसै गरि राज महतो लगायत प्रवासी थारु कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
थारु कला केन्द्रले गत असोज १८ गते सम्पन्न गरेको नोबेल मिस्टर एण्ड मिस थारु आइकन २०१९ का बिजेता अमन चौधरी र अंकिता बिश्वासलाई महोत्सव आयोजकले दुबई भ्रमणको लागि प्रायोजन गरिएको थियो । यसै संगै आइकन बिजेताहरु पनि दुबई भ्रमण गर्न पाएका छन भने सो कार्यक्रममा आफ्नो प्रस्तुति समेत दिने छन् । साथै थारु कला केन्द्रबाट कला केन्द्रका उपाध्यक्ष बीएन चौधरी, सदस्य कल्पना हजारी र प्रमुख सल्लाहाकार सुची चौधरी समेत महोत्सवमा सहभागिता जनाउन एकसाथ दुबई प्रस्थान गरेका छन् ।


सुमधुर स्वरका धनि गायक देव कृष्ण बिश्वास सुनसरी जिल्लाको बर्जु तालको कोखमा जन्मिएका हुन् । उनले थारु समुदायलाई गित संगीतका माध्यमबाट अगाडी बढाउँन बाल्यकालदेखि सांगीतिक आकाशमा उदाएका हुन् । थारु कला केन्द्रका संस्थापक अध्यक्ष समेत रहेका उनि थारु समुदायमा थारु संकृतिको बिकास र संरक्षणमा पुर्याएको योगदान अतुलनीय छन् । थारू समुुदायमा आफ्नो कला केन्द्रबाट थुप्रै सचेतना र प्रभावकारी सन्देशमुलक कार्यक्रम गरिसकेका छन् भने उनि स्वास्थ्य क्षेत्रमा समेत काम गर्दै आएका छन् । त्यसै गरि कैलालीको पवित्र भुमिमा जन्मिएकी गायिका अनु चौधरी एक लोकप्रिय गायिकाको रुपमा उदयमान छिन । २१ वर्ष उमेर पुगेका उनि सांगीतिक क्षेत्रका एक नक्षत्र हुन् भने उनले थारु समुदायका मात्र होइन बिभिन्न भाषाभाषिका थुप्रै गीतमा स्वर समेत दिएकी छिन्। पश्चिम कैलाली देखि पुर्व झापासम्म हरेक स्रोता र दर्शकमाझ रुचाएकी सुमधुर स्वरकी धनि लोकप्रिय बन्दै गएकी छिन ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा छोटो समैमा थारु कला केन्द्रले आफ्नो संस्कृति, भेषभुषा, कला प्रदर्शन गरि थारु समुदायलाई चिनाउन सुनौलो अवसर प्राप्त गरेका छन् । दुबई कार्यक्रम सकिए लगतै आगामी माघ १५ गते अनु चौधरी संगै थारु आइकनका सहभागी तथा थारु मोडेल एन्डीसा चौधरी कोरियामा हुने माघी महोत्सवमा जाने छिन ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here