एलएन गच्छदार

मोरंग । माघ ६ गते, सोमबार – ग्रामथान र  बुढीगंगा गाउँपालिका बिच  दोहमना घाट त्रिबेणी संगम स्थल गिधनिया – हतिमुडामा सिताराम नाम जप महायज्ञ २०७६ हुन गईरहेको छ । परम तपस्वी सन्त श्री आत्मानन्द दास महात्यागी चट्टी बाबा जो नेपाली बाबाको नामले चिनिनु भएको छ, वहाको तत्वधानमा हुन् गईरहेको जनाएको छ । श्री हनुमान आराधना मण्डल नेपाल मोरंग र युवा चालिसा केन्द्र समिति, सिताराम नाम जप महायज्ञ समितिको आयोजना हुन् लागेको महायज्ञमा पुर्व उपप्रधान तथा गृहमन्त्री बिजयकुमार गच्छदारले अवलोकन गर्नु भयो । गच्छदारले सो महायज्ञको समेत अवलोकन गरि चट्टी बाबा महाराजसंग समेत भेट गर्नु भयो । भेटक्रममा महाराजजीका अनुसार माघ २० गते समेत पुन भ्रमण गर्न गच्छदार आउनुहुनेछ । यो महायज्ञ जनताको महायज्ञ हो, सबै मिलेर सक्ने जति दान गर्नुपर्ने र सो महायज्ञ नजिक दोहामना घाटको पुल आफुले शिल्यानास गरेको तर पिलर मात्र खडा भएको हाल सम्म नबन्दा दु:ख समेत व्यक्त गर्नु भयो । आफु पनि धर्म प्रति आस्थावान भएको भन्दै महायज्ञको लागि सक्ने जति सहयोग गर्ने बताउनु भयो।

सीताराम जाप महायज्ञमा १ हजार ८ वटा शिवालिंग स्थापना हुनेभएको छ ।  मूल महायज्ञ स्थलमा २० हजार वटा बास मात्र प्रयोग भएको छ भने मुर्ती निर्माण र मन्दिर निर्माण गर्ने काम तिब्ररुपमा भएको र भारत तथा नेपालका कलाकारले निर्माण गरिरहेको छ ।

श्री हनुमान आराधना मण्डल नेपाल मोरंगका अध्यक्ष पुलिस बिश्वासले सो ठाउँको भ्रमण गराउदै भन्नु भयो । सो महायज्ञ गर्न हाल सम्म स्थानीय निकाय, प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिएको र भक्तजनको दानले चलिरहेको र अहिले सम्म २ करोड खर्च भैसकको छ ।  

 सोहि स्थानमा गत भदौ २१ गते बाबाको आगमन संगै भदौ २४ गते देखि बाबाकै मुखारविन्दबाट प्रत्येक दिन अपरान्ह ३ बजे देखि ५ बजे सम्म प्रवचन हुँदै आएको छ । महायज्ञमा हवन गर्नाले व्यक्तिको अकाल मृत्युबाट बच्न सकिने, कहिले पनि अनिष्ठ नहुने, पुत्र तथा पति शोकबाट बच्न सकिने, समयमा बर्षा हुने, समयमा बर्षा हुने, सबैको कल्याण हुने तथा विश्व कल्याणार्थको लागि बैदिक तरिकाले गर्ने तपस्वी श्री आत्मानन्द दास महात्यागी चट्टी बाबाले जानकारी दिनुभयो ।

१ हजार ८ मण्डलीको साथमा १ हजार १ सय दम्पति सहित एकै साथ एक मड़पमा अर्थात एक सय कुण्डमा राम मन्त्र हवन गर्ने र बाल्मिकी रामायण अनुसार २४ हजार श्लोक उच्चारण गरि हवन गरिने आयोजक समितिले जनाएको  ।

आगामी माघ १२ गते देखि मुन्डन संस्कार शिक्षा, १३ गते कलश यात्रा, १४ गते चौथी पंचाङ्ग पुजा, १५ गते मण्डप प्रवेश, १६ गते आरती मन्थन तथा २६ गते पुर्नाहुती हुने कार्यक्रम रहेको छ ।

नेपाल तथा भारतका कालाकारहरुबाट काम तिब्ररुपमा भैरहेको छ , ६० बिघा क्षेत्रफलमा ओगटिएको सो महायज्ञमा ग्रामथान गाउपालिकाले २ वटा बोरिंग दिने छ भने बुढीगंगा गाउपालिकाका अध्यक्ष बालचन्द्र माझीले समेत सहयोग गर्ने बताउनु भयो ।

 बिशेष गरेर नेपालको जनकपुरबाट र भारतको मथुराबाट समेत महायज्ञ हेर्न आइरहेको छ भने महायज्ञ परिसरको खोला किनारामा मनोरंजनको लागि रोटेपिंग, झुला र बालबालिकाको लागि मनोरंजनका सामाग्री भारतबाट आईसकेको छ ।  

Spread the love
  •  
  •  
  •  
  •  
  •  

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here