दुबई , यूएई ! १७ जनवरी २०२० शुक्रवार
बिगतका हरेक साल झै यो बर्ष पनि थारु कल्याणकारिणी सभा यूएई ले ८औ बार्षिक भेला तथा माघी उत्सब २०७६ एवम थारु नया बर्ष २६४३ भब्यताका साथ सम्पन्न गरेको छ।नेफिन यूएई का अध्यक्ष महेश मोक्तान ज्यु को प्रमुख अतिथ्यमा समुद्घाटन भई चर्चित युवा गायक तथा कार्यक्रम प्रस्तोता केशब राज महतो र माया महतो ले अति नै मनोरन्जन का साथ कार्यक्रम सन्चालन गर्दै अगाडि बढाएका थिए।
“थारु समुदायको मौलिक रिति रिवाज ले भरिपूर्ण माघी पर्व साचै नै समग्र राष्ट्र कै धनी सस्कृती मा पर्दछ ! यसलाई सिमित जाती , समुदाय र क्षेत्र मा मात्र सिमित नराखी नेपाल सरकार को हरेक निकाय मा यस को पहिचान र मान्यता पाउनु पर्छ “भन्दै सन्देश मुलक मन्तब्य कार्यक्रम का विशेष अतिथी – नेफिन यूएई का भुतपुर्व अध्यक्ष तथा Learning & Personal Development Committee का Co’ordinator – डि .आर. गुरुङ्ग ज्यु दिनु भयो ।
यस्तै नेपाल देखि आमन्त्रीत सुमधुर स्वर कि धनी तथा पछिल्लो समय मा निकै नै चर्चा पाउन सफल गायिका अनु चौधरी , त्यस्तै सङ्गीत का धरोहर तथा गायक देवकृष्ण बिश्वास र राष्ट्र कै स्वाभिमान राख्न सफल बहु प्रतिभाशाली खेलाडी केशरी_चौधरी ज्युहरुलाई सम्मान , पाहुना टोलि Nobel Mr. & Miss. Tharu Icon 2019 प्रदेश नम्बर – १ शीर्षक का बिजेता द्वय – अमन चौधरी र अङकिता बिश्वास , थारु कला केन्द्र बिराटनगर का ब्यस्थापन समिती का सदस्य तथा समाज सेवि द्वय शुचि चौधरी र कल्पना हजारी अनि सोहि कला केन्द्रका उपाध्यक्ष बि .एन .चौधरि अनि सुनौलो भबिष्य को अवसर खोज्दै यूएई पुग्नु भएका युवा तथा नव गायक निशान चौधरी लगायत कार्यक्रम का प्रायोजक र स्थानिय कालाकार हरुलाई सस्थाकै अध्यक्ष तथा कार्यक्रम का सभापती रुपेश चौधरी ज्यु लगायत प्रमुख र विशेष अथिती ज्यु हरुले मायाको चिनो प्रदान गर्नु भयो ।
सभापती रुपेश चौधरी ज्यु ले माघी उत्सव कार्यक्रम मा उपस्थित भई साथ , सहयोग र हौशला दिनु हुने समस्त यूएई वासी थारु तथा गैर थारु दाजु भाइ तथा दिदी बहिनीहरुलाई मुरि मुरि धन्यबाद दिदै हार्दिक आभार तथा कृतज्ञता का साथ औपचारिक कार्यक्रम समापन भएको घोषणा पश्चात् कार्यक्रम रङ्गिन मोडमा परिवर्तन भएको थियो ।गायनमा केशव राज महतो , अनु चौधरी , देव कृष्ण बिश्वास र निशान चौधरी ले आ आफ्नै तवर तरिका ले दर्शक गण हरुलाई भरपुर मनोरन्जन र मन्त्रमुग्ध बनाउदै नचाय र झुमाए ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here