काठमाडौं । थरुहट थारुवान राष्ट्रिय मोर्चाले टिकापुर घटनामा झुटो मुद्दा लगाएर जन्मकैद गरिएका रेशम चौधरीसहित ११ जना थारुहरुलाई मुद्दा खारेज गरी रिहाई गर्न सरकारलाई २० दिनको अल्टिमेटम दिएको छ । बुधबार काठमाडौंको बानेश्वरस्थित अल्फा हाउसमा पत्रकार सम्मेलन गरी १० बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम समेत घोषणा गर्दै सरकार तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २० दिनभित्रमा माग सम्बोधन नगरे आगामी फागुन १ गतेदेखि कैलालीमा मोर्चाका संयोजक लक्ष्मण थारुको नेतृत्वमा सामूहिक अनसन सुरु गर्ने सरकारलाई चेतावनी दिइएको छ ।

मोर्चाले प्रनिनिधिसभा सदस्यको निर्वाचनमा कैलाली–१ बाट निर्वाचित सांसद समेत रहेका रेशम चौधरीका साथै विरबहादुर चौधरी, हरिनारायण चौधरी, बृजमोहन चौधरी, राजेश चौधरी, प्रदिप चौधरी, श्रवण चौधरी, गंगाराज चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया र सन्तकुमार चौधरीलाई लगाइएको झुटो मुद्दा खारेज गरी तथा आममाफी दिई रिहा गर्न माग गरेको छ ,मोर्चाको दोस्रो बुँदाको मागमा टिकापुर घटनाबारे छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल र देवीराम शर्माको नेतृत्वमा गठन गरिएको समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने उल्लेख छ ।

आन्दोलनका कार्यक्रम
२०७६ माघ ८ गतेः पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गर्ने ।
२०७६ माघ १४ गतेः प्रधानमन्त्रीलाई १५ दिने अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाउने ।
२०७६ माघ १५ देखि माघ मसान्तसम्मः पत्रकार सम्मेलन, अपिल, पर्चा पोस्टर, भित्ते लेखन, माइकिङ, व्यानर टाग्ने ।
२०७६ माघ १८ गतेः धनगढीमा बृहत अन्तरक्रिया गर्ने ।
२०७६ माघ २४ गतेः संयुक्त राष्ट्र संघ, कुटनीतिक नियोग र मानवअधिकार आयोगमा आन्दोलनबारे जानकारी गराउने ।
२०७६ माघ २५ गतेः काठमाडौंमा पहिचान पक्षधरको बृहत अन्तरक्रिया गर्ने ।
२०७६ फागुन १ गतेः कैलालीको धनगढी र काठमाडौंमा आमरण अनसन थाल्ने ।
२०७६ फागुन २ गतेः धनगढीमा विशाल जनप्रदर्शन गर्ने ।
२०७६ फागुन ५ गतेः माग सुनुवाई नभए दिनदिने बन्द गर्ने ।
सोपछि पनि सुनुवाई नभए अनिश्चिकालिन बन्द गर्ने ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here