एलएन गच्छदार

मोरंग, माघ १० गते शुक्रबार  – प्रगति महिला समाज मोरंगको आयोजना र बुढीगंगा गाउँपालिकाको आर्थिक सहयोगमा ३ दिने महिला नेतृत्व बिकास तालिम आज देखि सुरु भएको छ ।  बुढीगंगा गाउँपालिकाको ६ नं. वडा कार्यालय कोयपुरमा सोहि गाउँपालिका उपाध्यक्ष अमृता गच्छदारले तालिम समुदघाटन गर्नु भयो । महिलाहरु चुल्हो चौकामा मात्र सिमित नरही समाजको हरेक कार्यक्रममा सहभागी हुनु पर्ने जोड दिदै महिलाहरुलाई यो तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उपाध्यक्ष गच्छदार  बताउनुभयो ।

कार्यक्रममा प्रत्येक वडाबाट ६ जना का दरले ४२ जनाको सहभागिताको लागि तालिम दिनु पर्नेमा तालिममा सहभागिता संख्या बढेर ७२ जनाले आज तालिम लिएका छन् । संस्थाले महिला, बालबालिका, असाहय लगायत आर्थिक आर्थिक – सामाजिक विभेदमा परेका तथा पिछडीएका वर्गको हित एंव समतामुलक समाजको निर्माणका लागि लक्षित कार्यक्रमहरु संचालन गरेको , पिछडीएका बर्गहरुको जीवन स्तरलाई माथि उकास्नको लागि आयमुलक र शिपमुलक कार्यक्रम संचालन, स्वास्थ्य सुरक्षा र स्वास्थ्य सुधार सम्बन्धि जनचेतना अभिवृद्धि कार्यक्रम गर्दै आएको आयोजक संस्थाका अध्यक्ष पार्वतीले गच्छदारले जानकारी दिनुभयो । सो संस्थाले २ महिना अगाडी सुन्दरहरैंचामा रक्तदान कार्यक्रम समेत गरेको थियो ।

सो तालिममा नेपाल जेसीजका तालिम प्रशिक्षक सेवक बजगाई र संचारकर्मी  सिमा बस्नेतले प्रशिक्षकको रुपमा प्रशिक्षण दिई रहेको जनाएको छ ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here