सिकागो अमेरिकार १९ जनवरी २०२० आइतबार बिगतका बर्षहरुझै यश बर्ष पनि शिकागोल्याण्ड थारु सोसाइटी (CTS) अमेरिकाले MAGHI FESTIVAL 2020, CHICAGO एवम् थारु सम्बत २६४३ को अवसरमा थारु कला, संस्कृति र पहिचानलाई संरक्षण एवम्  प्रवर्द्धन गर्ने उद्देश्यले “हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव !” भन्ने मुल नाराका साथ माघी सम्पन्न गरेको छ।

सो अवसरमा गैर आबासिय नेपाली संघ, अमेरिकाका केन्द्रिय अध्यक्ष सुनील साह ज्युको प्रमुख आतिथ्यमा समुदघाटन भई थारु कलाकार र अन्य स्थानीय कलाकारहरूको सहभागितामा सान्स्कृतिक कार्यक्रम र साथै Cultural show कार्यक्रम समापन भएको थियो ।

कार्यक्रममा CTS का सल्लाहकार बिक्रम थारुले स्वागत मन्तब्य राखनुका साथै नेपाली रास्ट्रीय फुटबल टिमका पुर्व क्यापटेन देब नारायण चौधरी, एन आर एन अमेरिकाका केन्द्रिय सदस्य एवम्  CTS का सल्लाहकार  सत्यनारायण चौधरी, त्यस्तै CTS अर्का सल्लाहकार जितेन्द्र चौधरी लगायत स्थानीय संघ सन्थाका प्रतिनिधिहरुले कलाकारहरूलाई अवार्ड वितरण गरि सम्मान गर्नु भएको थियो।

सिकागोल्याण्ड थारु सोसाइटीका अध्यक्ष ईन्द्र कान्त चौधरीले कार्यक्रमका प्रमुख अतिथि सुनील साह लाई स्वागत गर्नुका साथै कार्यक्रममा  उपस्थित सम्पुर्णलाई साथ, सहयोग, हौसला र स्पोनसर एवम्  डोनेसन गरिदिएकोमा स-धन्यवाद दिदै हार्दिक आभार प्रकटगरी औपचारिक रुपमा कार्यक्रम समापन भएको घोषणा गरिएको कुरा शिकगोल्याण्ड थारु सोसाईटीका सचिब चतुरानन्द चौधरीले जानकारी  गराउनुभएको छ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here