काठमाडौं , अनेकतामा एकता बिबिधता रहेको थारु समुदाय पछिलो समयमा राजनीति चलखेलले टुक्रिन थालेको छ । त्यसकै नतिजा हुन् पश्चिम तराइको कैलाली कन्चनपुरमा मुख्य बसोबास गर्ने राना थारु ।नेकपाका थारु सांसद नारदमुनि राना थारु सांसद लगायत केहि नेताहरुको सक्रियतामा नेकपा सरकार रहेको समयको सदुपयोग गर्दै राना थारुलाई थारु समुदायबाट फ़ुताउदै अलगै सूचीकरण गर्न सफल भएका छन ।
यसअघि डा. ओम गुरुङ संयोजकत्वको आदिबासी जनजाति सूची परिमार्जन उच्चस्तरीय कार्यदलले २०६४ सालमै रानाथारु समुदायलाई अलग सूचीकरण गर्नुपर्ने सरकारलाई सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा माघ २० गते बसेको मन्त्रिपरिषदको बैठकले सो समुदायलाई अलग सूचीकृत गर्ने निर्णय गरेको प्रतिनिधि सभाका सांसद नारदमुनी रानाथारुले बताउनुभयो ।

राना थारुको छुटै सूचीकरणको थारुबात बिरोध

राना थारुको छुटै सूचीकरण भएपछी सामाजिक संजालमा थारु समुदायबाट बिरोध हुन् थालेको छ । सामाजिक संजालमा बिरोध गर्दै थारु युवा सिताराम थारुले ” हाम्रो भाषा, सस्कृती, पीडा छुट्टै छ भनेर छुट्टै जातिमा सूचीकृत गर्न खोज्दैछन् । यो थारु एकताभित्र ठूलो बिडम्बना हो । थारु जातिभित्र भौगोलिक हिसाबले उनिहरुले बोल्ने भाषा, उनिहरुले मनाउने सस्कृती फरक भएपनी उनिहरु थारु नै हुन । थारु जाती भित्र धेरै प्रकारका थारुहरु छन् दङौरा थारु, राना थारु, कठरिया थारु, नम्पुछरिया थारु अझ थप थारु भोलि यी थारुहरु थारुबाट छुट्टिएर आफू छुट्टै जाति हु भनेर सुचिकृत गर्न खोज्यो भने थारुको इतिहास र जातीय पहिचान कहाँ जान्छ ? राजनीतिक र जमिनको कित्ताकात गराएर थारुको सर्बोस्व लुटेर नपुगेका सासकहरु अब थारु थारु भित्र भावनात्मक कित्ताकात गराएर थारुलाइ अल्पसंख्यक जाती बनाउदैछन् । त्यही सासकको पछि लागेका केहि बाहुनबादी थारु सम्पुर्ण थारु समाजको पहिचानलाई जोगाउनुको सातो बेच्नमा लागेका छन् । थारु जनता सचेत हुनुस समस्या छ भने थारु भित्र लड्नुस, भिड्नुस र आफैलाइ बचाउनुस । सासकले फुटाउ र राज गर (Divide and Rule) सिद्धान्त हामी थारुमाथी प्रयोग हुदैछ । यो बुझ्न एकदमै जरुरी छ । याद रहोस् कुनैपनी थारु थारुबाट छुट्टीएर अधिकार पाउन सक्दैन ।” बिचार व्यक्त गर्नु भएको छ ।

राना थारु बिभाजनले आरक्षण खासै असर नपर्ने : अधक्ष्य संजय चौधरी
मन्त्रिपरिषद र केहि नेकपाका थारु सांसदहरुको लबिङ्गमा थारु समुदायबाट राना थारु फुट्नु नै थारु समुदायको लागि दुर्भाग्य भएको थारु बिधार्थी सभा केन्द्रिय अधक्ष्य संजय चौधरी थारुले बताउनु भएको छ। चौधरी डङ्गौरा थारुबाट राना थारु फ़ुटेझै बिगतमा खवास थारु , दनुवार , आदि छुटेको समरण गराउदै थारु समुदायलाई अल्पमतमा पार्ने सरकारको योजनामा नेकपा राना थारु सांसदहरुले साथ् दिन सफल भएको बताउनु भएको छ । तर राना थारुको छुटै सुचिकरनाले थारुको जनसंख्या आधरमा आरक्षणको लागि न्यून प्रभाब पर्ने , ठुलै असर नरहेको बताउनु भएको छ । तर थारु समुदायले भविष्यमा यस्तो गतिबिधि रोक्न कदम चाल्नु पर्ने छ ,यदि त्यसो नगरे थारु समुदायलाई अल्पमत पार्दै बिलिन गराउन सक्ने सम्भावना रहेको छ ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here