माघ २६,थरुहट थारुवान राष्ट्रिय मोर्चा को आयोजना मा “थरुहट थारुवान आन्दोलन” बिषयक भेला तथा अन्तरक्रिया कार्यक्रम बाट केशव चौधरीको सन्योजकत्वमा २१ सदस्य थरुहट थारुवान राष्ट्रिय मोर्चा को सिरहा जिल्ला कमिटी गठन गरेको छ ।साथै लक्ष्मी चौधरी को संयोजकत्वमा १७ सदस्य थरुहट थारुवान राष्ट्रिय महिला मोर्चा सिरहा जिल्ला समिति र साजन चौधरीको सन्योजकत्वमा १५ आदस्य थरुहट थारुवान राष्ट्रिय युवा शक्ति सिरहा समिति बिस्तार गरिएको केन्द्रिय महिला संयोजक प्रेमा थारुले जानकारी दिनु भएको छ ।
त्यसैगरी सप्तरी जिल्लाको कल्याणपुरमा भएको भेला तथा अन्तरक्रिया कार्यक्रमबाट इशु लेखी को सन्योजकत्वमा २५ सदस्य थरुहट थारुवान राष्ट्रिय मोर्चा जिल्ला कार्य समिती , भारती चौधरी को सन्योजकत्वमा २१ सदस्य थरुहट थारुवान राष्ट्रिय महिला मोर्चा को जिल्ला कार्य समिति गठन भएको खबर थरुहट डटकमले प्राप्त गरेको छ ।
Spread the love
  •  
  •  
  •  
  •  
  •  

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here