काठमाडौं । कुवेतको एक निर्माणस्थलमा पुरिएर ४ नेपालीको ज्यान गएको छ । ३ जना घाइते छन् ।

कुवेतको अल–मुत्ला क्षेत्रको निर्माणस्थलमा बुधबार खसेको बालुवा र ग्राभेलको ढिस्कोमा पुरिएर ४ नेपालीको ज्यान गएको अरब टाइम्सले जनाएको छ । तर, घटनामा ज्यान गुमाउने नेपालीमा दाङ निवासी स्याम नारायण चौधरी , सिरहा निवासी गंगाराम चौधरी सहित थप पाल्पा र ताप्लेजुंका १/१ जना नेपालि रहेको नेपालि राजदुतावास कुबेतले जनाएको छ ।ढिस्कोमा पुरिएर घाइते ३ काे उपचार भइरहेकाे छ । समाचार अनुसार, घाइतेको पहिचान हुन बाँकी छ ।ढिस्कोमा पुरिएका सबै कामदार चिनियाँ कम्पनीका हुन् ।
प्रत्यक्षदर्शीहरूले बताएअनुसार, निर्माणस्थलको ब्लक ५ मा ढल निर्माण गरिरहेका बेला ढिस्को खसेको थियो । घटनालगत्तै ७ लाई उद्धार गरेर अस्पताल लगिएकोमा ४ को ज्यान गएको अरब टाइम्सले जनाएको छ ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here