एलएन गच्छदार
मोरङ, फागुन ५ गते, सोमबार –

मोरङको सुन्दरहरैंचा नगरपालिका – २  करैबनामा ७२ वर्षका साजो खवास नाम गरेका एक बृद्ध महिला आत्महत्या गरेको अबस्थामा मृत फेला परेको छ।
स्थानीयको भनाई अनुसार  मृतक बृद्ध महिला छोरा बुहारीबाट अलग भएर २ वर्षदेखि छोरी ज्वाईको घरमा बस्दै छुट्टीएर एकलै खादैं आएको थियो।

छिमेकी हृदय खवासको घरमा कोहि नभएको अवस्थामा सोमबार  बेलुका ३ बजे झुन्डिएको अवस्थामा फेला परेको हो । घटनाको सुचना थाहा पाएपछी इलाका प्रहरी कार्यलय हरैंचाको टोलि घटना स्थल पुगेको थियो।  मृतक शरीरलाई पोष्टमार्टम गर्न कोशी अंचल अस्पताल बिराटनगर लगिएको छ।





Spread the love
  •  
  •  
  •  
  •  
  •  

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here