फाल्गुन १ गते देखि १४ बुन्दे माग राखी आमरण अनसनमा बसेका थरुहट थारुवान राष्ट्रिय मोर्चा का सन्योजक लक्षमण थारु को स्वास्थमा गम्भीर समस्या देखिएको ले सुदुर पश्चिम प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएको हो ।नेता थारुको उपचारमा डा. जगदिश जोसीको टीमले लागि परेको जानकारी मोर्चाको प्रवक्ता मिनराज चौधरीले दिनु भएको छ ।

पाचौ दिनको अनसनमा जनमत पार्टीका अध्यक्ष डा. सिके रावत, सु.प. प्रदेश मा. सान्सद कृष्ण कुमार चौधरी, धनगढी उप महानगरपालिका कि उपमेयर शुशिला मिश्र भट्टज्यु बाट आन्दोलनप्रती ऐक्यबद्धता जनाएको छ ।मोर्चाले धनगढिमा नाराबजी सहित विशाल जनप्रदर्शन भब्यरुपमा सम्पन्न गरेको छ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here