धनगडी , थरुहट थारुवान रास्ट्रीय मोर्चाले गर्दै आएको आन्दोलनको क्रममा मोर्चाको संयोजक थारु नेता लक्षमण थारुले फाल्गुन १ गते देखि शुरु गरेको अनसन प्रति मानब अधिकार आयोगले ध्यानआकर्षण भएको जनाएको छ ।अनसनका कारण थारुको रक्तचापमा अस्थिरता देखिएको, टाउको दुख्ने, ढाड दुख्ने एवम् स्वास्थ्य अवस्था कमजोर हुँदै गएकाले धनगढीस्थित सेती प्रादेशिक अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ ।आयोगको सुदूरपश्चिम कार्यालय धनगढीको टोलीले थारुको स्वास्थ्य अवस्थाको अनुगमन गरेको प्रेस बिज्ञप्तिमा आयोगले जनाएको छ ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here