८ फाल्गुन, थरुहट थारुवान राष्ट्रिय मोर्चा का सन्योजक लक्षमण थारु को जीवन रक्षाका लागि आमरन अनसनको ८ औ दिन मानव अधिकारवादी, नागरिक समाज र राजनितिक दलहरुको बिच कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले दुई बुन्दे सहमती गरी जुस खुवाएर अनसन स्थगन गराउनु भएको छ ।तर थरुहट थारुवान राष्ट्रिय मोर्चा का घोषित सबै आन्दोलनका कार्यक्रमहरु यथावत/जारी नै रहेको सबैमा सहर्ष जानकारी मोर्चाले दिएको छ ।मोर्चाले उठाएको मुद्धाहरु सामाधान गर्नका लागि गठित गरिसचन्द्र लालको नेतृत्वमा बनेको उच्चस्तरी आयोग र अन्य विभिन्न समयमा बनेको छानवीन समितिको सत्य तथ्य छानवीन प्रतिबेदन सार्वजनिक गर्ने लगायतका मोर्चाले उठाएका उचित मागहरु राजनैतिकरुपले समाधान गर्न नेपालसरकारलाई अनुरेध गर्न कैलाली जिल्लाका क्रियाशील पार्टीहरु सहमत भएको छ ।
रुहट तराइमा २ दिने आम हडताल
मोर्चाले फाल्गुन २० र २१ गते दुइ दिने आम हडताल तथा चकका जाम गर्नुको साथै देश भरि थारु युवा बिधार्थी , महिला ब्यापक परिचालन गर्ने समेत प्रेस बिज्ञप्ति मार्फत जनाएको छ ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here