Photo :Padam khanal

तुलसीपुर
११ फागुन/ दाङको दंगीशरण गाउँपालिकाको रानी बनमा थारु कल्चरल भिलेज निर्माण कार्य शुरु भएको छ । उक्त निर्माण कार्यको प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले सिलन्यास गरेका हुन् ।प्रदेश नं. ५ सरकारको २ कारोड लगानीमा निर्माण हुन लागेको उक्त भिलेजको सिलन्यास गर्दै मुख्यमन्त्री पोखरेलले दंगीशरण थारु समुदायको ऐतिहाँसिक ठाउँ भएकाले पर्यटकीय हिसाबले आकर्षित गर्न सकिने बताए ।

‘सुकौरा थारुहरुका राजा दंगीशरणले राज गरेको ऐतिहाँसिक ठाउँ हो, यहाँ पर्यटनको क्षेत्रमा विकास गर्न सकिन्छ ’ उनले भने ‘ यसले थारु समुदायको मात्रै होईन्, यस क्षेत्रका सबै समुदायको जीवनस्तर सुधार गर्न मद्दत पुग्छ ।’

त्यसकालागि थारु कल्चरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाई छ । सरकारी स्तरबाट मात्रै नभई समुदायले पनि तदारुकता देखाउनुपर्ने समेत उनले बताए । ‘सबै काम सरकारले गरिदिन्छ, भन्ने भावना हुन्छ’ उनले भने‘ विकास निर्माणका सन्दर्भमा जनताले पनि तदारुकता देखाउनुपर्छ ।’ साथै उनले पर्यटनको विकासकालागि होमस्टेको अवधारणा अघि बढाउनुपर्ने बताए । Tulasipur onlinekhbar.com

Spread the love
  •  
  •  
  •  
  •  
  •  

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here