१३ फाल्गुन , ललितपुरको सानेपा हत्याकाण्ड प्रति थारु आयोगलाइ थारु बिधार्थिहरुको साझा संगठन तथा थारु कल्याणकारिणी सभाको प्रमुख भात्री संगठन थारु बिधार्थी सभा केन्द्रिय समिति र सामाजिक अभियानमा रहेको युवाहरुको संस्था I’m..group को संयुक्त टोलीले ध्यान आकर्षण गराएको छ । थारु आयोगका अधक्ष्य मानिन्य बिष्णु प्रसाद चौधरीलाइ ध्यानआकर्षण पत्र बुझाउदै सो घटनाको निष्पक्ष्य छानबिनको लागि पहल गर्न माग गरेको थारु बिधार्थी सभाको केन्द्रिय अधक्ष्य संजय चौधरीले जानकारी दिनु भएको छ ।
सानेपा हत्याकाण्डमा मुना कार्कीको हत्याको आरोप लगाइएको दाङको विजय चौधरीको आत्महत्या संकास्पद रहेको भन्दै यस समबन्धमा थारु आयोगलाई ध्यानाकर्षण गराएको I’m..group को संयोजक यम बहादुर चौधरीले बताउनु भएको छ ।करिब ६ बर्ष देखि बिना तलब स्वर्गीय विजय चौधरीलाई घरको दासको रुपमा राखेर कमैया प्रथालाई प्रोत्साहन गरेको आरोप लगाउदै पुर्व सचिव अर्जुन कार्कीलाई पनि कारबाही गर्नुपर्ने माग राखेको छ ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here