स्वास्थ्य मन्त्री भानुभक्त ढकाल ज्यु,

नाच्यौ, गायौ, जुत्ता फटायौ
अनि तपाई लाई मन्त्री बनायौ
बिर्सीदिनु भयो होला सायद
तपाई ले सुन्दरहरैचा नगरपालिका लाई

जाहा, बाबा अामा काका काकी दाइ अनि बिदेश बाट मत हाल्न अाउने भाइ पनि एमाले थियोे ।

अाज बिष्वभरी करोना भाइरसको बिगबिगीले हामीलाई थर्साएको छ । हामी खाडी मुलुकमा खुन, पसिना बगाउनु नर्मल रहेको छ। यसमा तपाई को ध्यानाकर्षण होस्।

अब, म अाफ्नो समस्या तपाई समक्ष राख्न गइरहेको छु ।

अाशा गर्दछु तपाईले मलाई सहयोग गर्नु हुन्छ भन्ने ।

म शिव नारायण चौधरी
ठेगाना मोरङ सुन्दरहरैचा नगरपालिका वडा न, १ हरैचा कुमार गाउँ बासी हु।
म हाल साउदी अरबमा छु।
म साउदी अाएको करीब २ महिना हुन लाग्यो ।
म अाएको केहीदिन पछि बिरामी भए,
मैले कम्पनीलाई जानकारी गराए त्यसपछि अाफ्नैइ पैसाको दबाइ किनी खाए, तर केही फाइदा नभएकोले म पुन कम्पनीलाई जानकारी गराइ साउदी अरबको ठूलो अस्पतालमा गई मेडिकल जाँच गराए, जाहा मलाई थाहा भयो मलाई अल्सर भएको छ।

यस प्रकारको रोग देखिँदा पनि कम्पनीले घर पठाउने कुरानै गर्दैन अझ त घर जान्छस भन्दा 12,000।- रियाल दे अनि मात्र तलाइ घर पठाउछु भन्छ,
मेनपावर लाई फोन गर्यो फोन रिसिब गर्दैन ।
घर बाट सुनसरी इटहरी अलजावर मेनपावरमा पटक-पटक गई जानकारी गराउने गरेको र इटहरी बाट काठमाडौ शिखर इन्टरनेशनल म्यानपावर मा जानकारी गराए भन्दै घरमा सान्त्वना दिने गरेको मात्र रह्यो ।

काठमाडौ म्यानपावर को सम्पक न: 00977-1-4441707

मलाई याहा गार्हो भएकोले यो सन्देश अाज तपाई समक्ष पुर्‍याउने जमर्को गरेको हु
म बाच्न चाहान्छु मलाई चाडै नेपाल लैजानु पर्यो।
धन्यवाद ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here