कैलाली, २ चैत । थारु कलाकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइ सकेका मोडल विवश चौधरीको नयाँ थारु म्युजिक भिडियो ‘काली काली मोर साली’ भन्ने म्युजिक भिडियो आज सार्वजनिक हुने भएको छ ।
सीएस यूट्यूव च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोमा विवश र सामु चौधरीको मुख्य अभिनय रहेको छ । मोडल विवश थारु, नेपाली र भोजपुरी सहित सयौं सुपर हिट म्युजिक भिडियो खेली सकेका छन् । खास गरि थारु कलाकारिता क्षेत्रमा चवन्नी मुस्कीवाला मोडलका रुपमा चीरपरिचित उनी चाँडै नै हिन्दी गीतको पनि म्युजिक भिडियो आउने जानकारी गराए ।
शब्द संगीत लखन चौधरीको रहेको गीतमा लखन चौधरी र दुर्गा चौधरीको स्वर रहेको छ । म्युजिक भिडियो सुधराम दहितले डाइरेक्सन गरेका छन् भने छायांकन र एडिट सतिश सिन्हाले गरेका छन् । -kailarionline.com

Spread the love
  •  
  •  
  •  
  •  
  •  

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here