सुर्य नारयण चौधरी , कोशी हेल्थ बिराट्नगर

कोरना भाइरस प्रजातीले गराउने रोग हो। यसको संक्रमण हुनु लाई कोभिड -१९ भनिन्छ। यो भाइरसलेगर्दा हुने भएकोले पुर्ण उपचार छैन ।यो रोग ३१ डिसेम्बर २०१९ ( २०७६ पौष १५ ) चीनको हुवेइ शहरमा देखियो। विश्व स्वास्थ्य संगठन (WHO) ले यसको नाम नोबेल कोरोना भाइरस राख्यो। नेपालमा यो रोग 2076 माघ 9 गते देखियो। यो रोगको हाल सम्म कुनै बिशेष औषधी तथा भ्याक्सिन पता लागेको छैन ।

सुर्य नारयण चौधरी , कोशी हेल्थ बिराट्नगर

जनस्वास्थ्य दृष्टिकोण :
हाम्रो सोच , रोग लागेपछी मात्र अस्पताल सम्झने अनि माहामारी आएपछि जनस्वास्थ्यको गतिबिधि सम्झने । माहामारी न आउदासम्म केही होइन भन्ने सोच छ। स्वास्थ्य भनेको अस्पताल मात्र हो भन्ने बुझाइ छ । रोगी हुनु भन्दा अगाडीको गतिबिधि लाई ध्यान दिदैनौ ।
CEA winslow जसले yal university मा पब्लिक हेल्थ डिपार्ट्मेन्ट खोल्न निकै सङघर्ष गरेका थिए ।उनको अनुसार जनस्वास्थ्य बिज्ञान र कला हो, जसले स्वास्थ्यकर बानी ब्यबहारको प्रबर्धन , जोखिम तत्वको पहिचान र मानवीय व्यवहारमा परिवर्तन ,सुरक्षाका उपाय,महामारी नियन्त्रण , शिघ्र तथा पुर्ण उपचारको लागि प्रेरित गर्दछ । जनस्वास्थ्य र उपचारात्मक कार्यले माहामारी नियन्त्रण हुन्छ । पब्लिक हेल्थ र मेडिकल केयर एक सिक्काको दुई पाटा हुन् । कोरोना संक्रमित नहुनु र यसबाट बच्ने उपाय अपनाउनु नै जनस्वास्थ्य हो । तसर्थ रोग निम्त्याउन सक्ने तत्वको पहिचान गरि व्यवहार सुधार्नु नै स्वास्थ्य रहने उपाय हो । जनस्वास्थ्य विज्ञ YP प्रधानको बिचारमा “रोग को रोकथाम हुदैन बरु रोग निम्त्याउन सक्ने तत्वको रोकथाम गर्नु पर्छ।” जस्तै भिडभाडमा नजाने , मास्क लगाउने, हाथ पटक पटक धुने, संकास्पद व्यक्तिलाई छिटो र पूर्ण उपचारको लागि प्रेरित गर्नुपर्दछ । जनस्वाथ्य सम्बन्धित कार्य बाहिर बाट हेर्दा सजिलो छ तर चुनौती पनि धेरै छ। अमेरिकामा ट्रम्प राष्ट्रपति भएपछि ग्लोबल हेल्थ अफिस खारेजी भयो। जसले महामारीको बेला काम गर्दथियो । स्वास्थ्यका सुचक सुधार हुदै जाँदा , जनस्वास्थ्य बामे सर्दै खेरि नेपालमा जनस्वास्थ्य कार्यलय खारेजी भयो । महामारीकै बेला प्रदेश न एक मा स्वास्थ्य कार्यालय नरहने समाचार पनि आयो। यस सम्बन्धमा नेफाले बिज्ञप्ति जारी गर्यो। कोरोना नियन्त्रणको लागि बनाएको उच्च समितिमा जनस्वास्थ्य विज्ञ , उपचार गर्ने फिजिसियन नपर्नु आशाचार्यजनक हो ? आखिर जनस्वास्थ्य किन पछाडी परेको हो ? यस संस्थाले गर्ने गतिबिधि किन कमजोर भएको हो सोच्ने बेला आएको छ । रोग बढ्दै जादा माहामारी नियण्त्रन हुन कठिनाइ हुन छ। देश लाइ महामारी मुक्त बनाउन र आउने दिनमा जोखिम निवारण गर्न नीति नियम बनाई ७५३ स्थानीय तहमानै बिषयगत जनस्वाथ्यकर्मी र सुबिधा सम्पन्न अस्पताल हुनुपर्छ । सरकारले कोरना बिरुद्ध चालेको कदम सराहनीय छ । यस कार्यमा सबैले हातेमालो गरि सहयोग गर्नु पर्छ ।जनस्वास्थ्यका कार्यलाई जोड दिनु पर्छ।

समाजशास्त्रीय दृष्टिकोण : समाजशास्त्रले समाजमा भएका रितिरिबाज , चालचलन ,संस्कार , मूल्य मान्यता आदिको अध्ययन गर्दछ ।मेडिकल समाजशास्त्रले ती परम्परा र व्यवहारले कसरी हामी रोगी हुन्छौ भनेर व्याख्या गर्छ। अमेरिकन समाजशास्त्री टालको पार्सोनले “सोसियल सिस्टम १९५१ “किताब मार्फत सिक रोल अर्थात बिरामिको भुमिका समाजमा के कस्तो हुन्छ भनेर उल्लेख गरेका छन् ।उदाहरणको लागि एउटा कोरोना संक्रमित बिरामीले विश्व हल्लायो। उनको ब्यबहारले अरु स्वस्थ्य ब्यक्ति संक्रमित हुन् पुग्छ । कोरोना मात्र होइन एच आइ भी , टि बि जस्ता रोग अरुलाइ सजिलै सर्छ। यहि किताबमा फिजिसियनको भुमिका बारे प्रष्ट पारेका छन् । समाजशास्त्री Eliot ले भनेका छन् : रोगी र फिजिसियन मात्र नभएर वातावरणले पनि समाजमा प्रभाव पार्छ। मानौ कोहि क्वारेन्टाइन वा आइसोलेसनमा बस्ने वातावरण के छ? वातावरण अनुकुल नहुदा, बिरामी उम्किए पुरै समाजमा असर गर्न सक्छ। चिकित्सक , नर्स , जनस्वास्थ्यकर्मी लगायत अन्य कर्मचारी सुरुक्षित बतावरणको आवस्यक पर्छ नभए यस्को असर समाजमा पर्छ। सरकारले लकडाउन गरेको छ तर के सबै नेपाली घर बस्ने हैसियत का छन् ? यदि छैन भने के गर्ने ? चीन कोरोना संग जुधिरहदा बिकसित देशले यो भाइरस हामि सम्म आइपुग्दैन होला भनेर पुर्ब तयारि गरेन जसको नजिता अहिले प्रस्ट छ । USA , इटाली बिकसित राष्ट्रको अबस्था यस्तो हुदा अन्य अविकसित मुलुकको अबस्था दयनीय हुनसक्छ। यसका लागि हामी बेलामै सचेत हुन् अति आवस्यक छ ।
अन्त्यमा भन्नु पर्दा विश्वमा नोबेल कोरोनाको माहामारी द्रुत गतिमा फैलिरहेको अबस्था छ। यसबाट जोगिनको लागि सचेतहुनुको साथै स्वस्थ्यकर बानि व्यहोरा अपनाउनु जरुरि छ ।

अमेरिकाले महामरीको बेला काम गर्ने संस्था खारेजी गर्नु , अमेरिका बन्द गर्ने देश होइन भनेर समाचार आउनु अनि अब कोरोना को संक्रमण सबै भन्दा बढी देखा पर्नु संयोग मात्र नहोला ।यसबाट विश्व र नेपालले पाठ सिक्नु पर्छ।

Lok down को पुर्ण पालन गरु। जिम्मेवारि नागरिक बनौ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here