बैशाख १० गते, सुरेन्द्र चौधरी( अध्यक्ष थारु कल्याणकारिणी सभा,सुनसरी)

वर्तमान प्रधानमन्त्री राष्ट प्रमुख जस्तो गरीमामय उच्च स्थानमा आसिन हुदा पनि के बोल्ने के नबोल्ने सम्म ज्ञान नभएका हुन कि आफुलाई बुझेकी ठानेका हुन “कोरोना भाइरस”को बारेमा दिएको गलत अभिव्यक्ति तथा शब्दकोषमै नभएको शब्द “Fatia तत्व र बोसिय तत्व ” को प्रयोगले हाम्रो प्रधानमन्त्री के पि ओलीले नेपाललाई अन्तराष्ट्रिय तहमा बेज्जत गरेको छ र आफु कति मूर्ख छ भन्ने कुरा पुष्टी गरेको छ।गर्वका साथ आफुलाई ने क पा का मतिहार र नेता कार्यकर्ता भनाउदाहरुलाई समेत लज्जित बनाएको छ।अर्कोतिर विश्व नै कोरोनाबाट संकटमा रहेको बेला नेपाली जनता खानाको अभाव र असुरक्षाबाट संकटपूर्ण जीवन व्यतित गरिरहदा सरकार जनता जोगाउन जिम्मेबार हुनुपर्ने बेला योजना ल्याउन छोडेर पार्टी फुटाउने विधेयक यतिखेर ल्याउनु वर्तमान सरकार देश सिध्याउने तिर उन्मुख देखिन्छ ।देश र जनताको सुरक्षा भन्दा पनि वर्तमान सरकारको लागि पार्टी र सरकार टिकाउनु महत्वपूर्ण देखिन्छ ।यो संकटको घडीमा भष्टाचार, कालोबजारी,तस्करी र कोरोनाको आयातलाई रोक्न तिर लाग्नु , बिभिन्न देशमा फसेका नेपाली जनतालाई उदार गर्नु , बिपन्न, गरीबलाई सही राहत दिनु बर्तमान सरकारको जिम्मेबारी हो तर सरकारको ध्यान सता बचाउनु र कार्यकर्ता पाल्नु तथा भोट कसरी बच्छ भन्नेमा छ।दैनिक दक्षिणी खुल्ला सिमाबाट नेपाल पस्नेलाई रोक्न वर्तमान सरकार असफल भएको छ तर सहि नेपालीहरु जो भन्सारबाट नेपाल फर्किन चाहन्छ तीनीहरुलाई वोर्डरमै थन्काउन सफल भएको छ।वर्तमान अवस्थामा सरकारले लक डाउन गराउनु सहि हो तर जनता कोही भोको र उपचारको अभावमा नमरुन भन्ने व्यवस्थापन पनि त गर्नु पर्छ ।त्यो कसले गर्ने?पक्कै पनि सरकारले नै गर्नु पर्छ ।तर वर्तमान सरकार यसमा चुकेको छ।अहिले पनि समय छ ,सरकार! सुधार ,होइन भने पार्टी र सरकार जनता बिना के काम।भयाबह अवस्था आउन सक्छ । जनता रोगले भन्दा पनि भोकले मर्ला ।अन्तमा सरकारको मात्र भर नपरौ।घरमै बसौ।आफु पनि बचौ।अरुलाई पनि बचाऔ।धन्यवाद

Spread the love
  •  
  •  
  •  
  •  
  •  

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here