सुन्दरहरैंचा, बैशाख १२, २०७७

नेपाल बिधार्थी संघ केन्द्रिय समितीको परिपत्र अनुसार नेपाल बिधार्थी संघ मोरङले पनि सांकेतिक बिरोध गरेको छ।आज प्रदेश न -१ को राजधानी बिराटनगरमा रहेको मुख्यमन्त्री कार्यालय अगाडी सामाजिक दुरी कायम गर्दै नेबि संघले बिरोध कार्यक्रम गरेको हो।

अहिलेको अवस्थामा नेपाली जनताको जीवन रक्षा को माग गर्दै ,विवादस्पद अध्यादेश खारेज गर्नु पर्ने संसद अपहरण गर्ने दोषीलाई कार्वाही गर्नु पर्ने लगायतको माग राख्दै सांकेतिक बिरोध कार्यक्रम गरेको छ। माग ब्यवास्था गरे ससक्त आन्दोलन गर्ने बिधार्थी नेता देवचन्द्र घिमिरेले बताउनु भयो।

बिरोध कार्यक्रममा नेपाल बिधार्थी संघको पुर्व जिल्ला सभापति मुक्तिप्रकाश न्यौपाने बिधार्थी नेता देवचन्द्र घिमिरे, दिपेन रौनियार ,महेन्द्र मोरङ क्याम्पस ईकाइ सभापति जस्वन्त पौडेल,विद्यार्थी नेताहरु किसोर मेहता,अन्कित भट्टराई,मो तनबिर लागायतको सहभागिता रहेको थियो।

त्यसै गरि नेपाल बिद्यार्थी संघ मोरङले विनासकारी महाभूकम्प र त्यसपछिका निरन्तर प्रकम्पनहरुले नेपालका सयौं ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पुरातात्विक सम्पदाहरुलाई ध्वस्त बनाएको र विनासकारी महाभूकम्पमा परी ज्यान गुमाउने प्रति भावपूर्ण श्रदान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना र अंग भंग भएका घाइतेको शिघ्र स्वास्थ्यलाभ को कामना गर्दै,अब यस्तो बिपत्ति नेपाल र नेपालीले भोग्नु नपरोस् भन्दै नेपाल बिधार्थी संघ मोरङ जिल्ला समितिले गरेको कोरोना भाईरसले आक्रान्त बनाएको बेला लकडाउनको मापडण्डको पालना गर्दै महाभूकम्पको पाचौ बर्षको स्मृतीमा दिप प्रज्वलन र मौन प्रार्थना कार्यक्र तिनपैनी चोक बिराटनगर सपन्न गरेको छ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here