एलएन गच्छदार

मोरंग सुन्दरहरैंचा, जेष्ठ १४ गते



मोरंग सुन्दरहरैंचा नगरपालिकाले बुधबार द्रोस्रो चरणमा काठमाडौमा २ महिना सम्म लकडाउनमा फसेका नगरबासीलाई २ वटा बसमा १ सय ८ जनालाई सकुसल घर फिर्ता ल्याएका छन्। नगर प्रवेश गरेका नगरबासीलाई सोहि नगरपालिकाको गोठगाउँमा रहेको पुर्वाञ्चल बिस्वबिधालयको शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण गराएको थियो ।

अस्थाई रुपमा काठमाडौमा वसोबास गर्दै आएका नगरक्षेत्रका नगरबासीलाई लकडाउनका कारण समस्यामा पर्न थालेको तर्फ मध्यनजर गर्दै सुन्दरहरैंचा नगरपालिकाले आफना नगरवासीहरुलाई पुन: घर फिर्ता ल्याउने कार्य सुरु गरेको हो । यस अघि पनि नगरले पहिलो चरणमा ४५ जनालाई सकुसल ल्याइपुर्याएको थियो । नगरप्रमुख शिव प्रसाद ढकाल नगरबासीको सुख दुख र समस्या बुझ्न स्वयम पुर्वाञ्चल बिश्वबिधालय पुगेर नगरबासीलाई भेट्नुभयो । नगरपालिकाले निरन्तर प्रयास गरिरहेको अवस्थामा लकडाउन कडाई भएपछी ल्याउन नसकेको नगर प्रमुख ढकालको भनाई छ। राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीको प्रयास र पहलमा काठमाडौँ – सुन्दरहरैचा सम्पर्क समाज महत्वपूर्ण भूमिका ल्याएको जानकारी दिनुभयो। नगरप्रमुख ढकालले समस्यामा परेका आफ्नो नगरबासिलाई भेटन पाउदा खुसि समेत व्यक्त गर्नु भयो भने काठमाडौमा मात्रा होइन देशको अन्य ठाउँमा पिडा र समस्यामा परेका नगरबासीलाई ल्याउन प्रसारत रहने जानकारी दिनु भयो।

मौसम परिवर्तनका कारण बाटोमा सामान्य समस्या भएको थियो भने २ वटा बसमा अथक प्रयासका साथ् नगरले गाडिमा खाने कुराको व्यवस्था सहित सहज रुपमा घर फर्काउने काम गरेकोमा घर फर्किन पाएका नगरबासि नगरको यो कार्य प्रति हर्सित भएका छन ।

नगरले पुर्वाञ्चल विश्वबिधालयको शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण गराएपछि खाजा समेत खुवाएर होम क्वारेन्टाइनमा बस्न सुझाब दिएका छन् भने यता शिक्षण अस्पतालका आकस्मिक शाखाका मेडिकल अधिकृत डा. प्रविण लुइँटेलले सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो।

देशमा कोरोना भारसको जोखिम बढेसंगै दिन प्रतिदिन संक्रमित संख्या बढिरहेको अवस्थामा सुन्दरहरैंचाले उच्च सतर्कता अपनाउदै जुनसुकै परिस्थिति र विपतिमा नगरपालिका, राजनीतिक दल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, सुन्दरहरैंचा जोखिम पत्रकार समुह, नगरबासी एक जुट भएर अघि बढेको देख्न सकिन्छ। विषम परिस्थितिमा २ महिना सम्म समस्या र पिडामा छ्पटटिएका जनतालाई आफ्नो घरमा फर्काउने सुन्दरहरैचाले गरेको कार्यबाट अन्य पालिकाले समेत पाठ सिक्न जरुरि देखिन्छ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here