एलएन गच्छदार

सुन्दरहरैंचा, श्रावण १६ गते – मोरङको सुन्दरहरैंचामा रहेको गोठगाउँ स्थित  पुर्वान्चल बिश्वबिधालयको शिक्षण अस्पतालको मुहार पहिलेको भन्दा अहिले फेरिएको छ। यसलाई आज सम्मको अबस्थामा ल्याउन पुर्वान्चल शिक्षण अस्पतालका निर्देशक डा. बिपेश आचार्यले  महत्वपुर्ण योगदान दिएका छन। 

८०५ बिगा क्षेत्रफलमा फैलिएको पुर्वान्चल बिश्वबिधालय भित्र शिक्षण अस्पताल छ। शिक्षण अस्पतालका निर्देशक डा. आचार्य मिजासिलो र हसमुख चेहरका धनि उनि जति हसिलो छन काम पनि त्यस्तै छन।  नेपालको राजधानी काठमाडौको गंगालाल हृदय केन्द्रमा हेड डिपार्टमेन्ट अफ प्याथिलोजि समेत समाहलेका उनी काठमाडौ छोडेर आफै क्षेत्रमा जनताको स्वास्थ्य सेवा गर्न बिं स २०७३ साल कोशी अञ्चल अस्पताल  बिराटनगर फर्किए। त्यसपछी  २०७५ साल देखि  डा. आचार्य शिक्षण अस्पतालको बाग्डोर समालेका हुन। सुरुमा पुर्वन्चल बिश्वविधालय आउदा सुनसान  जंगल जस्तो ठाउँमा आउँदा न्यास्रो लागेको थियो भने अहिले यो ठाउँमा रम्न पाउँदा खुसीको अनुभव ब्यक्त गर्छन।

   नेपाल चिकित्सक संघको प्रदेश १ संयोजक तथा केन्द्रिय सदस्य रहेर समेत काम गरेका उनी कोरोनाको जोखिम अवस्थामा समेत अनुगम समितिको संयोजक रहेर प्रदेशका विभिन्न जिल्लामा रहेका अस्पतालमा गएर अनुगम गरि अहोरात्र जनताको दु:ख सुखमा साथ दिएका थिए।

आफ्नो कार्यक्षेत्रमा रहेर कर्मचारी आम बिरामीको जनताको मन जित्न सफल डा. आचार्यप्रती कर्मचारी तथा चिकित्सकको धारणा वहाँप्रती सकारात्मक रहेको देखिन्छ।

अहिले पुर्वान्चल बिश्वबिधालयको केन्द्रीय कार्यालय बिराटनगरबाट अहिले सुन्दरहरैंचाको गोठगाउँमै स्थानान्तरण हुँदा उहाँको भुमिका उल्लेखनीय रहेको छ। पुर्वान्चल बिश्वबिधालय शिक्षण अस्पताललाई साच्चिकै शिक्षण अस्पतालको रुपमा हेर्ने चाहना रहेको छ।

पहिले न्यून बिरामी आउथ्यो भने अहिले बिरामीको चाप निकै बढेको छ। कोरोना महामारीको बेलामा पनि प्रदेश स्तरिय क्वारिटिन समेत संचालन गरि हाल कोभिड अस्पताल संचालन हुँदा शिक्षण अस्पतालको भुमिका महत्वपूर्ण  रहेको छ।

बिरामी तथा स्थानिय जनताको मनमा बस्न राष्ट्रलाई माया गर्ने डा. बिपेश आचार्य जस्ता चिकित्सक स्वास्थ्य क्षेत्रमा जन्मिनु आवश्यक रहेको छ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here