एलएन गच्छदार

श्रावण १६, सुन्दरहरैंचा
सर्प पक्रिन र पाल्न मिल्ने कानून नेपालमै बनेको छ। नेपाल जस्तो विकासोन्मुख देशमा विषालु सर्पको डसाईमा पर्याप्त औषधी अभावको कारण वर्षेनी हजारौ संख्यामा मानिसको ज्यान गईरहेको सर्वबिधितै छ । सर्पदंशको उपचारमा प्रयोग हुने औषधि ‘स्नेक एन्टी भेनम’अब नेपालमै बन्ने भएको छ।

समयमै औषधोपचार नपाउँदा नेपालमा बर्सेनि सयौँ मानिसले सर्पको टोकाइबाट ज्यान गुमाउने गरेका छन्। यस्तो समस्या विशेषगरी तराईका जिल्लामा बढी देखिने गरेको छ। निजी क्षेत्रबाट सुनसरीको बराहक्षेत्र नगरपालिका -३ मा ‘एन्टी भेनम सेरम रिसर्च एण्ड म्यानुफ्याक्चरिङ प्रा.लि’ खुलेको छ। भेनम उत्पादनका लागि रु.८८ करोड ६३ लाख खर्च छुट्याएर काम अघि बढाइएको कम्पनीका अध्यक्ष लक्ष्मीप्रसाद फुँयाल बताउँछन्। अब नेपालमा कानुन बनिसकेको छ अबको दुई वर्षभित्र ‘स्नेक एन्टी भेनम’ उत्पादन गर्ने बताए ।

विगतका केही वर्ष देखी सर्पको डसाईको औषधीको लागी भारत जस्तो देश सँग निर्भर रहनु परेको अवस्थामा यस एन्टी स्नेक भेनम सेरम रिसर्च एण्ड म्यानुफ्याक्चरिङ्ग प्रा. लीको स्थापना पश्चात नेपालमा भएको सर्पदंशको औषधी को परनिर्भरताका बिचको अभावलाई परिपुर्ति गर्ने निश्चित छ । औषधि व्यवस्था विभागबाट भेनम उत्पादन अनुमति लिइसकेको कम्पनी सर्प पाल्ने कानून नहुँदा अगाडि बढ्न सकेको थिएन ।

तर, अब सर्पदंशको औषधि नेपालमै सम्भव देखिएको छ। नेपालमै सर्पदंशको औषधि उत्पादन गर्न सकिने सम्भाव्यता अध्ययन गरिरहनुभएका सर्पविद् लक्ष्मीप्रसाद फुयाँलले बताएका छन् ।

युवाहरु निजि लगानी गरेर नेपालमा पहिलो पटक एन्टी भेनम रिसर्च एण्ड म्यानुफ्याक्चारिंग उधोग रहेको र सर्पसंग निकै नजिक रहेका प्राबिधिक रामजी चौधरी सानै देखि सर्पप्रति मोह भन्दै अहिले सर्प संकलनमा लागेको बताए ।

सर्पदंशको औषधि उत्पादन गर्न सबैभन्दा पहिले सर्पको विष इन्जेक्सनमार्फत घोडामा पठाएपछि घोडाबाट निस्कने रगतबाट नै औषधि बनाउन सकिने सर्प विशेषज्ञ भनाई छ । औषधि बनाउन सर्पको विष र घोडाको रगत अनिवार्य चाहिने छ । घोडा पालन ब्यबसायको थालनी समेत कम्पनिले गर्ने समेत रहेको छ। गर्भधारण गराएर उत्पादन गर्न सर्प संरक्षण तर्फ समेत कम्पनि लागेको छ। यसको लागि निर्माण प्रक्रियाको काम धमाधम भैरहेको छ। राज्यले नजिक बाट महत्वपूर्णका साथ हेर्नुपर्ने एन्टी भेनम सेरम रिसर्चका अध्यक्ष फुयाल बताउछन ।

साथै निकट भविश्यमा कम्पनीको दक्षिण एसिया, अफ्रिका, यूरोप लगायतका ६० वटा भन्दा बढी देशहरुमा पनि निर्यात गर्ने गरी उत्पादन गर्ने उदेश्य भएको हुनाले यसबाट राज्यलाई प्रतक्ष्य लाभ पनि हुनेछ । जसले नेपालको राजश्वमा वृद्धि गराउनुका साथै आधुनिक यूगमा विकासको क्षेत्रमा फड्को मरिरहेका देशहरु सँगको प्रतिस्पर्धामा आउनका लागी यस उद्योगले विकासको एक इँटा थप्नेछ भने औषधी उत्पादनको क्षेत्रमा अत्मनिर्भर भई स्वास्थ्य क्षेत्रको विकासमा टेवा पुर्याउने छ । सर्पदंशको औषधीको अनुसन्धान र उत्पादन सँगै यस आधुनिक युगमा अनुसन्धान र उत्पादनमा नेपालले पनि एक कदम फड्को मार्नेछ ।
निजि लगानीको बाट गरिएपनी अहिले सम्म्म राज्यको ध्यान जान सकेको छैन। प्रदेश १ सरकारले अबलोकन र शिल्यानास गरेपनी राज्यको तर्फबाट चासो र प्राथमिकताका साथ हेर्नू पर्ने र यसलाई संरक्षण गर्दै राज्यले अगाढी बढाउनु पर्ने देखिन्छ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here