श्रावन , २०७७ भोलाराम चौधरी(बुढीगंगा २,बौराहा, मोरंग)

थारु भाषा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बोलिने गर्दछ । यो भाषा चौथो स्थानमा पर्दछ । भौगोलिक बनावटको आधारमा बृहत रुपमा फैलिएको र नेपालको एकल भाषाको नीतिको कारण यसमा एकरुपता पाइदैन । तराई क्षेत्रमा प्रायजसो अधिकांश मानिसहरु थारु भाषा बोलेता पनि भाषिक ज्ञानको अभावमा कोइ अवधी र कोइ मौथली बोलिरहेको छु भन्ने गरिन्छ । यो सबभन्दा ठूलो विडम्बना हो । किनकी थारु जाति तराईका आदिवासी हुन् र पछि बसाई सरी यहाँ आएकाहरु यो समाजमा घुलमिल हुन थारु भाषा सिक्नु र बोल्नु उनीहरुको बाध्यता थियो । त्यसैले तराईमूलमा बसोवास गर्ने हरेकले थारु भाषा बोलेकै छन् । अहिले यो भाषा पनि विकासको गतिमा फडको मार्न सुरु गरेको छ । नेपालको पूर्वदेखि पश्चिमसम्म तराइका विशाल फाँटमा फैलिएर बोलिने थारु भाषालाई एउटा सिङ्गो भाषिक विशेषतामा सिमा निर्धारण गर्नु चानचुने कुरा होइन । विशेषता भित्रको विशेषता केलाउनु आफैमा जटिलता हो भने अपजसको काम पनि हो । जव सम्म भाषालाई व्यवस्थित र सर्वस्विकार्य बनाउन लेखनशैलीको विकास गर्न सकिदैन तवसम्म यो भाषामा एकरुता ल्याउन सकिदैन । अहिले यो भाषामा स्वतन्त्र रुपले बिना आधार लेखेको पाइन्छ । भौगोलिक बनोटका आधारमा बोलिने थारु भाषालाई ४ वटा क्षेत्र मानेर विभाजन गर्न सकिन्छ । १.झापादेखि बारा पर्सा २ चितवन–नवलपरासी ३.नवलपरासीदेखि कपिलवस्तु र ४.दाङदेखि कञ्चनपुर सम्म |

थारु भाषालाई मानक बनाउनकोलागि मातृभाषा केन्द्र नेपाल र सिल इन्टर नेश्नल नेपालको संयुक्त पहलमा पूर्वका १२ वटा जिल्लालाई समेटेर विभिन्न कार्यशाला गोष्ठी सम्पन्न गरी २०७१ सालमा “मध्य–पूर्विया थारु भाषाको लेखनशैली” र २०७३ सालमा “मध्य–पूर्विय थारु–नेपाली शव्दकोश” प्रकाशन गरिसकेको छ । यसमा झापा, मोरंग, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोतरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी १२ वटा जिल्लाका थारु विज्ञहरुको सहभागिता रहेको थियो ।

१. मध्य-पूर्विया थारु भाषाको लेखनशैली

२.मध्य-पूर्विया थारु -नेपाली शब्दकोश

३. मध्य–पूर्विया थारु भाषाको लेखनशैलीमा आधारित थारु भाषाको व्याकरण

त्यसै गरी २०७४ सालमा भोलाराम चौधरीले मध्य–पूर्विया थारु भाषाको लेखनशैलीमा आधारित “थारु भाषाको व्याकरण” लेख्नु भएको छ । थारु भाषाको लेखन प्रकियालाई अगाडि बढाउन हामीसँग बलियो आधार र जग तयार भएको छ ।जसपश्चातः यो लेखनशैलीलाई मूर्तरुप दिएर समाजको अगाडि छर्लङ्ग राख्दा कतैबाट वाहवाही पाइयो भने कतैबाट बिरोध पनि झेल्नु पर्यो । यसको मूख्य कारण थारु भाषा कसरी लेख्ने ? यो विषयमा ज्ञान नभएरै हो । किनकी सधै नेपाली भाषामा लेख्ने परिपाटी र बानीको विकास भएर थारु भाषाको वारेमा आत्मबोध नभएर यो समस्या सिर्जना भएको हो । त्यसैले कतिपय विद्वान साथीहरुले यस लेखनशैलीकोे मर्म नबुझी कखराबाट ञ, ण, श, ष, क्ष, त्र, ज्ञ वर्ण र स्वर वर्णबाट ऊ, अं, अः वर्ण हटाएर ठूलो गल्ती गर्नु भएको छ जस्ता कुरा समेत लेख्नु भएको छ यो दुखदको कुरा हो । थारु भाषाको लेखनशैली निर्धारण, स्तरीकरण तथा विकास र उत्थानमा लागेको सम्पूर्ण थारु विज्ञहरुको मेहनत र परिश्रम बालुवामा पानी खन्याएकै हो त ?

४. पूर्वीय थारु वर्णमालाअव प्रश्न उठछ “मध्य–पूर्विया थारु भाषाको लेखनशैली” बाट माथि उल्लेखित वर्णहरुलाई किन हटाइयो वा यस लेखनशैलीमा किन यी वर्णहरु अटाउन सकेन त ? आधुनिक व्याकरण र भाषाविज्ञान अनुसार नेपाली भाषामा ञ, ण, श, ष, क्ष, त्र, ज्ञ गरी ७ वटा वर्णहरु कथ्यरुपमा रहेको पाइदैन तर लेख्यरुपमा यी वर्णहरुलाई संस्कृत भाषाबाट लिएको पाइन्छ । यसरी नेपाली भाषामा २९ वटा वर्ण र संस्कृतबाट लिएको ७ वटा वर्ण गरी ३६ वर्णहरु रहेका छन् । त्यसैले नेपाली भाषामा रहेका विभेदीकरणयुक्त वर्णहरु २९ वटा मात्र रहेका छन् ।आधुनिक व्याकरण र भाषाविज्ञान अनुसार ञ, ण संस्कृतका वर्ण हुन् । नेपालीमा यिनलाई (न) ध्वनीमा उच्चारण गरिन्छ । जस्तै ः– पञ्च (पन्च), अञ्चल (अन्चल) घण्टा (घन्टा) झण्डा (झन्डा) । त्यस्तै श, ष पनि संस्कृतका वर्ण हुन् र यिनलाई नेपालीमा ‘स’ ध्वनि उच्चारण गरिन्छ । जस्तै ः– शोषण (सोसन) त्यस्तै गरी क्ष, त्र, ज्ञ संयुक्त व्यञ्जन वर्ण हुन । क्ष (क्+ष्), त्र (त्+र), ज्ञ (ज्+ञ) पनि संस्कृत वर्ण हुन र यिनको नेपालीमा क्रमशः छे, त्र, ग्यँ हुन्छ । त्यसैले यी बाहेकका अन्य वर्णहरु मात्र नेपालीका स्वतन्त्र अस्तित्व भएका व्यञ्जन वर्ण हुन् । स्वर वर्णको कुरा गर्ने हो भने परम्परित नेपाली व्याकरण अनुसार नेपालीमा १३ वटा स्वर वर्ण मानिएका छन् । अ, आ, इ, ई, उ, ऊ, ऋ, ए, ऐ, ओ, औ, अं, अः ।

तर भाषा विज्ञान अनुसार भने नेपालीमा भिन्न अस्तित्व भएका जम्मा ६ वटा स्वर वर्णहरु मात्र मानिएका छन् । (अ, आ, इ, उ, ए, ओ ) मूल स्वर वर्ण । ऐ (अ+इ), औ (अ+उ) संयुक्त स्वर वर्ण र ई, ऊ, ऋ, अं, अः (संस्कृतबाट नेपालीमा आएका वर्ण)माथि उल्लेखित ई र ऊ ह«स्व ‘इ’ र ‘उ’ का दीर्घ स्वरुप हुन् । यिनको वर्णत्मक भिन्नता छैन । ‘ऋ’ संस्कृत भाषाको वर्ण हो । नेपालीमा यसको प्रतिनिधित्व ‘रि’ ले गर्दछ । ‘अं’ को उच्चारण ‘अम्’ भन्दा बेग्लै यसको अस्तित्व छैन, जस्तै ः– संभव÷सम्भव, अंग्रेजी÷अङ्ग्रेजी । त्यस्तै ‘अः’ को उच्चारण ‘अह’ हुन्छ, त्यसैले ‘अह’ भन्दा बेगलै यसको अस्तित्व रहेको छैन, जस्तैः–क्रमश ः, प्रायः ।

माथिको उदाहरणबाट प्रस्ट भै सकेको छ कि थारु भाषा एउटा विकसित फाँटमा स्वतन्त्र भइ फैलिसकेको छ । यसको शव्द भण्डार र साहित्य अथाह भएको कारणले गर्दा कुनै भाषाको अनावश्यक बोझ र झंझटलाई आफ्नो लेखनशैलीमा थुपारेर बोझिलो र पेचिलो बनाउन चाहदैन । यसले शुद्ध लेखन शैलीका मूलभुत निम्न सिद्धान्तलाई अंगिकार गरेर अगाडि बढेको पाइन्छ । १.उच्चारणको सही प्रतिनिधित्व २.लेखनशैलीमा एकरुपता ३.सिक्नकोलागि सहज ४.सहजता÷सुबिस्ता ५.स्वीकार्य र सहमतीपूर्ण । त्यसैकारण थारु भाषालाई मानक बनाउन “मध्य–पूर्वीया थारु भाषाको लेखनशैली” एउटा मार्गदर्सक र पथप्रदर्शक सावित भएको छ । किनकी यो लेखनशैली तयार गर्नकोलागि व्यपक खोज, अनुसन्धान, छलफलक र पूर्ण भाषाविज्ञानको आधारमा तयार गरिएको छ । यसरी आफ्नो महिमा र महानतालाई ख्यालै नगरी अर्काको पछि दुगुर्नु शोभनिय देखिदैन । यदि सबै भाषाको विशेषता र लेखन प्रक्रिया एउटै हुँदो हो भने विभिन्न भाषाको सवाल नै उठदैन । एकल भाषाको नितिलाई अंगालेर अगाडि बढदा हुन्छ र भाषाको वारेमा आवाज नउठाउदा नै उचित हुन्छ । (लेखक टिहकारी साप्ताहिक पत्रिकाको सम्पादक र थारु भाषाको व्याकरणकार हुन् ।)

Spread the love
  •  
  •  
  •  
  •  
  •  

1 टिप्पणी

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here