एलएन गच्छदार
श्रावण १७ गते, शनिबार सुन्दरहरैंचा

महेन्द्र राजमार्ग अन्तर्गत मोरंगको सुन्दरहरैंचा – ३ गछिया स्थित सवारी साधन यात्रु तथा चालक र पैदल यात्रीलाई माक्स लगाउन सुझाव दिदै नि:शुल्क माक्स वितरण गरियो। सुन्दरदुलारी उधोग बाणिज्य संघको आयोजनामा कोरोना जोखिम बढीरहेको अबस्थामा अब समुदाय स्तरमा सचेत गराउन यसको रोकथाम र न्युनिकरमा सामजिक उतरदायित्व निर्वाह गर्न स्थानीय सरोकारबाला, स्थानीय तह र गछिया प्रहरी चौकीले आ-आफ्नो ठाउँबाट संयुक्तरुपमा भूमिका निर्वाह गरेको छ।
गछिया प्रहरी, उधोग बाणिज्य संघले बस, मोटरसाइकल लगायतका सवारी साधन होस् या साइकल तथा पैदल यात्री माक्स नलगाएको व्यक्तिलाई माक्स लगाउन सुझाब दिदै माक्स वितरण गरेको हो। अहिले सवारी साधनमा यात्रा गर्नेलाई समेत सवारी रोकेर माक्स लगाएको छ, छैन अनुगमन गर्दै नेपाल प्रहरीले निगरानी ठाउँ ठाउँमा बढाएको देख्न सकिन्छ। पहिले भन्दा अहिले समुदाय स्तरमा कोरोना जोखिम तथा संक्रम देखिएकोण देखिएको अवस्थामा ९० /९५ प्रतिशत व्यक्तिमा माक्स लगाएको पाएको गछिया प्रहरी चौकीका प्रमुख बलदेव सुबेदी बताउछन। ३ दिन देखि सुन्दरहरैंचामा माक्स लगाउन, सेनीटाईजर् प्रयोग गरि दुरी कायम गरि सचेत गराउदै आएको छ।

जनस्तरमा कोरोना पोजिटिभ देखिएको हुँदा बाणिज्य संघले हात धुने , सेनीटाईजर् प्रयोग गर्ने सामाजिक दुरी कायम गरेर आफ्नो ब्यापार ब्यबसाय अघि बढाउँ सचेतनामुलक कार्यक्रम गरेको बाणिज्य संघका अध्यक्ष किशोर कार्कीले बताउनुभयो। सुन्दरदुलारी उधोग बाणिज्य संघले बिधालय, चौक, समुदायमा यस किसिम कार्यक्रम पटक पटक गरेका छन।

Spread the love
  •  
  •  
  •  
  •  
  •  

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here