एलएन गच्छदार
श्रावण १८, सुन्दरहरैंचा

ड्राइगनफ्रुट बिशेष गरि थाइलेण्ड, भेतनाम, इजराइल र श्रीलंका लगायतका देशमा लोकप्रिय मानिन्छ। बजारमा ५ सय देखि ८ सय सम्म मूल्य पर्ने यो फ्रुट्स अहिले नेपालमा पनि यसको खेति गर्न थालिएको छ।

बजारमा ड्राइगन फुडको माग बढ्दै जादा मोरंगको सुन्दरहरैंचामा पनि यसको खेति गरेर राम्रो आमदानी कमाईरहेका छन्। सुन्दरहरैंचा नगरपालिका वडा – ११ तिनपैनी चोकका हरिमाया श्रेष्ठले अहिले ४ कठामा ड्राइगन खेति गरेर बार्षिक लाखौँ आमदानी गर्छन। उहाँले धान खेति नहुने सिचाईको अभाव भएको उक्त क्षेत्रमा सुन्दरहरैंचा नगरपालिकाले नमुना परिक्षणको लागि दिएको तर अहिले वहाँ ब्यबसायिक रुपमा अगाडी बढाएको छ। बजारमा ड्राइगन फ्रुट्सको माग निकै छन्, भाटभटेनि सुपर मार्केट सम्म पुर्याउदा नगरपालिकाले आफै किनिदिने हरिमाया श्रेष्ठले बताए ।
नगरले उपयुक्त माटो परिक्षण गरि सकेपछि सुरुमा बिरुवा ल्याउने देखि पिलर गाड्ने समेत सम्पूर्ण खर्च बेहोरेपछि आफुहरुले गोडमेल मात्र गरेको बताए।


हरिमाया कृषि फर्मको नामले दर्ता भएको हरिमाया श्रेष्ठ र उनका श्रीमान रेणु प्रसाद श्रेष्ठ लगायत सिङ्गो परिवार कृषि पेसामा निर्भर छन्। कृषि फर्ममा ड्राइगन फ्रुट्स लगायत यसको बिरुवा समेत बिक्रि गर्दछन भने तरकारी खेति, बखारपालं र गाइपालन समेत गरि परिवारको जिबिका यसैले धान्दै आएको छ। यस क्षेत्रमा नौलो खेति गरेपछि काम र दामको हिसाबले राम्रो र उत्पादनपनि राम्रो रहेको श्रेठका श्रीमान रेणु प्रसाद श्रेठले बताए ।


त्यसै गरि सुन्दरहरैंचा को वडा ४ मा पनि नबिन दाहालले ब्यबसायिक रुपमा १० कट्ठामा यो फलको ब्यबसायिक खेति गर्ने तर्फ लागेको छ भने सुन्दरहरैंचा ३ का राम प्रसाद राइले ३ बर्ष अघि दक्षिणी मोरंगको रंगेलीबाट यो बिरुवा ल्याएर रोपेपछि अहिले आफै ड्राइगनको बिरुवा उत्पादन गरेर बिक्रि गर्दै आएका छन्।

कम बर्षा भएको क्षेत्रमा ड्राइगन फ्रुट्सको खेति उपयुक्त मानिन्छ। रातो रंगको बिदेशी जस्तो फल देखिने यो फल फलमा धेरै गुदी र रसिलो र स्वादिष्ट हुन्छ भने स्वाथ्य दृष्टिकोणले निकै नै लाभकारी मानिन्छ। यो ब्यबसायिक कृषिबाट रमाईरहेका हरिमाया श्रेष्ठ जस्तै अरु किसानलाई समेत प्रेरित गर्न सकिन्छ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here