श्रावण २४ गते, इटहरी

सुनसरीको इटहरी उपमहानरपालिका वडा – १३ खनारस्थित एक उद्योगबाट निस्केको गन्धका कारण वरपरका सर्वसाधारण प्रभावित बनेका छन् ।
एक केमिकल उधोगबाट निस्केको धुवा र फोहर तथा गन्धले स्थानिय निन्द्रा हराम भएको छ।

सुनसरीको खनार अरिहन्त अटो कोर्गेसन उद्योगबाट निस्कने धुँवा तथा फोहोरका कारण स्वास्थ्य समस्या भोगिरहेको स्थानीयहरुको निन्द्रा नै खलबलिएको छ । उधोग नजिक बस्ति छ ८ महिनादेखि रातको समयमा विषाक्त धुँवा निस्कने र धुँवाका कारण श्वासप्रश्वासमा समस्या आउनेदेखि जिउमा खटिराहरु आउनेसम्मको समस्याले स्थानियको गुनासो छन्।

यो क्षेत्रमा उधोगबाट निकिने फोहर र गन्धले राति खान खान र सुत्न समेत समस्या हुन्छ भने उधोगको कारणले निस्कने धुवा र केमिकलको गन्धले शरीरमा देखिने खटिरा र जिउ चिलाउने र निको नहुदाँ स्थानीय चिन्तित बनेका छन्। उधोगको मनोमानीले र फोहर र दुर्गन्ध ब्यबस्थापन हुन् नसक्दा मुख दर्शक बनेको स्थानियको आरोप छ। यता उधोग फोहर ब्यबस्थापन हुननसक्दा त्यहाँको जमिन त्यतिकै बाझोमा परिणत छन् भने बालि लगाउदा पनि उत्पादन नहुने किसानको पिडा छ।

धुँवा आउने र धुँवाका कारण आँखा पोल्ने, वाकवाकी लाग्ने, सास बढ्ने जस्ता समस्याहरु तत्काल देखिन्छन् । धुँवाकै कारण जिउभरी खटिरा आउने गरेकोसमेत अनिता मेहताको भनाइ छ।

उता भने उधोगको मनोमानी र दादागिरी शैली भएको स्थानीय नागरिकको आरोप छ भने पटक पटक उधोगमा र स्थानीय निकायमा जानकारी गराउदा मुखदर्शक बनेको बिकास देवले गुनासो पोखेका छन्।

यसको बारेमा बुझन हामि स्थानीय व्यक्तिको सहयोगमा सो उधोगमा पुग्यौ अहिले केमिकल उधोग बन्द छ भनेर एक उधोग कर्मचारीले भने। अरु केहि बोल्न चाहेन छुट्टी भएर समबन्धित व्यक्ति छैन भोलि आउनु भनेर टार्न खोजे। यता भने सो वडाका वडा अध्यक्ष शिव नारायण चौधरी आफु पनि उधोगको प्रदुषणले पिडित रहेको र जनताको सेवामा साथ् दिएको दाबि गर्छन। स्थानियको जनगुनासो आएपछि आफू यस समस्याको समाधानको लागि निरन्तर लागि परिरहेको उनले बताए । ‘केही महिना अघि विराटनगर उद्योग वाणिज्य संघमार्फत ल्याब टेक्निसियन झिकाएर उद्योगबाट आउने ग्यास जाँच गर्न पठाएको र त्यसको रिपोर्टमा केही त्रुटि देखिएपछि केही समयको लागि उद्योग बन्द भएको थियो तर फेरि अहिले सञ्चालनमा आएको छ’, चौधरीले भने ।

हो स्वास्थ्यप्रति खेलवाड गरि बस्ति र बातावरण नै खलबलाउने गरि अरुको निन्द्रा खोसेर उधोग कमाउ धन्दामा लागेको स्थानीयले आक्रोश र गुनासो पोखेका छन् । कति दिन सम्मम बस्ने अस्वथ्य बतावारणमा समयमै समबन्धित निकायको ध्यान जान जरुरी छ ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here