२४ साउन , थारु कल्याणकारी सभा केन्द्रिय समितिको आयोजना तथा थारु युवा सभाको सहजिकरनामा २६ औ बिस्व आदिवासी दिवसको अवसरमा थरुहट आन्दोलनको समिक्षा तथा थारु माथि भैरहेको विभेद, दमन र त्यसको निकासबारे भर्चुअल अन्तक्रिया कार्यक्रम समापन भएको छ ।कार्यक्रममा देश तथा विदेशबाट थारु सामाजिक अभियन्ता ,समाजसेवी,बिधार्थी , युवा ,महिलाहरुको उपस्थिति रहेको कार्यक्रमको सभापतित्व थारु कल्याणकारिणी सभाको महामन्त्री प्रेमिलाल चौधरीले गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै थारु कल्याणकारिणी सभा सुर्खेतको सभापति बेचुलाल चौधरीले थरुहट आन्दोलनको र संविधानको मर्म बिपरित स्थानिय निकायमा हुने नियुक्तिमा समाबेसिकता शुन्य रहेको ध्यानआकर्षण गराउनु भएको छ ।आइ एम ग्रुपको सामाजिक अभियन्ता यम चौधरीले थारु मूलवासी कि आदिवासी प्रस्न उठाउनु भएको छ ।थारु बिधार्थी समाजको केन्द्रिय अधक्ष्य चन्द्र प्रसाद चौधरीले थरुहट आन्दोलनको निम्ति थारु एकतामा जोडदिनु भएको छ ।

थारु बिधार्थी सभाका केन्द्रिय अध्यक्ष संजय थारुले त्रिभुवन बिश्व बिधालयले इञ्जिनिएरिङ्गमा थारु आरक्षण कटौति बारे आपति जनाउदै मेडिकलमा थारु आरक्षण स्थापनाको लागि थारु कल्याणकारिणी सभालाई उच्च स्तरिय दवाब दिनको लागि सहयोग गर्न अनुरोध गर्नु भएको छ ।बिधार्थी अभियन्ता थारुले थारु संग संस्थामै थारु युवा तथा बिधार्थी अधिकार दिने भन्दा बढी प्रयोग गरिएको प्रति असन्तुस्टी जनाउनु भएको थियो ।

फोटो फाइल

थरुहट आन्दोलनको नेतृत्व र सहभागितामा युवा तथा विधार्थीलाई अग्रसर गराउनु पर्ने अभिव्यक्ति थारु युवा सभाको केन्द्रिय अधक्ष्य कानुन लाल चौधरीले दिनु भएको थियो ।थरुहट आन्दोलनको नेतृत्वमा थारु कल्याणकारिणी सभाले अझ सशक्त ढंगले अगाडी बढ्नु पर्ने थारु अप्रवासी सेवा समिति मलेसियाको संस्थापक आर एन चौधरीले सुझाव दिनु भएको थियो ।

फोटो फाइल

कार्यक्रमको सहजीकरण थारु युवा सभाको महासचिव चंचल चौधरीले गर्नु भएको थियो भने थारु बिधार्थी सभाको शुशिल चौधरी , थारु महिला समाजको केन्द्रिय अध्यक्ष गीता चौधरी , थारु कलाकारका राम स्वागत चौधरी , थारु युवा सभाका पवन चौधरी लगायतले आ आफनो धारणा व्यक्त गर्नु भएको थियो ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here