२४ साउन , थारु कल्याणकारिणी सभाले आयोजना गरेको २६ औ विश्व आदिवासी दिवसको उपलक्ष्यमा थरुहट आन्दोलनको समिक्षा अन्तरक्रिया कार्यक्रममा अधिकांश सहभागीहरुले थाकसको बर्तमान स्थितिमा गतीबिधि बारे सवाल गरेको थिए ।कार्यक्रमको सभापतित्व गर्नु भएको थारु कल्याणकारिणी सभाको महामन्त्री प्रेमिलाल चौधरीले उठिएको प्रशनको जवाफ दिनु भएको थियो ।
टिकापुर घटना तथा थरुहट आन्दोलन
थारु कल्याणकारिणी सभाको नेत्रित्त्वामा नै थरुहट आन्दोलन हुदा भएको टिकापुर घटना प्रति थारु कल्याणकारिणी सभाले मानिन्य रेशम चौधरी लगायत राजबन्दीहरुको रिहाइको लागि अझ लडिरहेको बताउनु भएको छ ।थाकस महामन्त्री प्रेमिलाल चौधरीको अनुसार हाल सम्म थारु कल्याणकारिणी सभाले टिकापुर राजबन्दीहरुको मुदाको खर्च बेहोर्दै आएको छ ।थारु कल्याणकारिणी सभाले अन्य संस्था जस्तो देखावटी काम गर्दैन तर थारु समुदायको लागि आफ्नो कर्तव्य बिर्सन नसकने बताउनु भएको छ ।आन्दोलनको स्वरुप फरक छन् तर सरकारलाई थरुहट आन्दोलनको माग मुदाबारे समय समयमा झक्झक्याउने गरेको थाकसले नै हो त्यसैले थरुहट थारुवान संयुक्त संघर्ष समितिमा थारु संघ संथाहरुको थरुहट आन्दोलनको नेतृत्व थाकसले नै गरेको उहाको भनाइ रहेको थियो ।
जनगणनामा थारुको समुदायको धारणा
थारु कल्याणकारिणी सभाले अब हुने जनागनामा थारु समुदायले आफ्नो थर तथा उपथर नराखी जात र भाषामा थारु नै लेखन आहवान गरेको छ ।थर उप थर लेख्दा थारुको जनसंख्यामा कमि देखिने तथा थारु समुदायले आफ्नो भाषा हुदा हुदै मैथली , भोजपुरी ,अवध लेख्दा थारु भाषीको संख्या कमि देखिने थाकसको ठहर रहेको छ ।थारु कल्यानाकरिणी सभाले थारु प्रमुख भएको स्थानिय निकायहरुमा थारु भाषामा पठन पाठन गराउनको लागि निर्देसन दिएको थाकस महामन्त्रीले जानकारी दिनु भएको थियो।
थारु आरक्षण समबन्धमा
थरुहट आन्दोलनको मुख्य माग रहेको थारु आरक्षण स्थापना गर्न थाकसले सरकारलाई दवाव दिन थारु सांसद लगायतको समुह बनाइ सरकार प्रमुख तथा सम्बन्धित मन्त्रालयमा भेटघाट जारि राखेको महामन्त्री चौधरीले बताउनु भएको छ ।निजामति सेवा,सरकारी छात्रवृति तथा बिभिन्न नियुक्तिमा थारु समुदायको ७ % सहभागिता सुनिस्चित हुनु पर्ने थारु कल्याणकारिणी सभाको माग रहेको छ ।
राना थारु सुचिकृत गरेको सम्बन्धमा
थाकसले राना थारुलाई छुटै जातको रुपमा मन्त्रि परिषदबाट गरेको निर्णय अबैधानिक रहेको धारणा राखेको छ ।थारु कल्याणकारिणी सभा, थारु आयोग , आदिवासी जनजाति महासंघ ,आदिवासी जनजाति उत्थान प्रतिस्थानलाइ जानकारी नदिएर केहि राना थारु समुदायको सांसदहरुले राना थारुलाई छुटै जातको रुपममा मन्त्रिपरिषदबाट पारित गराएका थिए ।यस समबन्धमा थाकस मात्र नभई आदिवासी जनजाति सम्बन्द कुनै पनि संस्थाले समर्थन गरेको छैन । थारु आयोगको मध्यस्थामा थाकस र राना थारु बीच छलफल जारि रहेको थारु कल्याणकारिणी सभाको महामन्त्री प्रेमीलाल चौधरीले बताउनु भएको छ ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  

1 टिप्पणी

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here