फोटो पशुपति नाथ योगी

चैत १६ शनिवार (नेपालगंज )
अासन्न अाठाैं राष्ट्रिय खेलकुद, दैलेखमा हुने प्रतियाेगिता तथा वैशाखमा नेपालगंजमा हुने प्रतियाेगितालाई लक्षित गरि बाँके जिल्ला बुद्धिचाल संघ द्वारा अाज अायाेजित दाेश्राे चरणकाे अभ्यासात्मक चेस प्रतियाेगिताका भएको छ। उक्त प्रतियाेगितामा छात्रा तर्फ ३.५ अंकका साथ नेपालगंज माेडेल एकेडेमीकी अस्मिता पाैडेल प्रथम र जि भि एन स्कुलकी श्रृजना रिजाल दाेश्राे र युनाइटेड एजुकेशनल एकेडेमीकि अनुपमा थापा तेश्राे हुन सफल भएका छन । छात्र तर्फ कमल पाेखरी स्कुलका अनुप जंग शाह ४.५ अंकका साथ प्रथम हालिल्याण्डका मंगल बुढा दाश्राे र संगम पाेख्रेल तेश्राे हुन सल भएका छन भने बेस्ट बर्दियामा शंकर थारू परेका छन , साथै अन्डर १० वर्षमा सम्यक गैरे पर्न सफल भएका छन ।

खुल्ला तर्फ प्रेम बहादुर साेमई ४ अंकका साथ प्रथम, बर्दियाका ईश्वर श्रेष्ठ दाेश्राे, मदन वली तेश्राे, बर्दियाकै जय बहादुर सुनार चाैथाे र सुरेश चाैधरी पाँचाै भएका छन । उक्त प्रतियाेगितामा विजेताहरुलाई बाँके जिल्ला बुद्धिचाल संघका उपाध्यक्ष प्रेम बहादुर साेमई, बर्दिया जिल्ला बुद्धिचाल संघका अध्यक्ष किरण नापीत र पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य झलक गैरेले नगद पुरस्कार वितरण गर्नु भएकाे थियाे ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here