थारु अधिकारको लागि आन्दोलनको बिकलप नरहेको भन्दै आन्दोलनको तयारीको लागि एउटै नाममा दुइवटा समिति बनेको छ । यी साझा नाम चाहि ” थारुवान थरुहट संयुक्त संघर्ष समिति हुन् ।एउटा समुहको नेतृत्व थारु कल्याणकारिणी सभाले गर्दै छन् भने अर्को समुहको नेतृत्व थारु नेता लक्षमण थारुले गर्दै छन् ।थारु कल्यानकारिणी सभा नेतृत्वको संघर्ष समितिले चितवनम असार ७ र ८ गते थारु भेलाको तयारीमा छन् भने लक्षमण थारु नेतृत्वको संघर्ष समितिले भदौ ७,८,र ९ गते भेला गर्ने घोषणा गरेका छन् ।

को को छन् यी समुहमा ??

थाकसले नेतृत्व गरेको संघर्ष समितिमा थाकस पदाधिकारी , थारु बिधार्थी समाज केन्द्रिय समितिका अध्यक्ष चन्द्र प्रसाद चौधरी , थारु महिला समाज नेपाल केन्द्रिय अध्यक्ष गीता चौधरी , संघीय लोकतान्त्रिक मंच थरुहटका रुकमिणी चौधरी , किशोर बिस्वास छन् भने लक्ष्मण थारु नेतृत्वको समुहमा थाकसकै उपमहा मन्त्रि मिनराज चौधरी , थाकस केन्द्रिय सदस्य इन्दु चौधरी , थारु बिधार्थी समाज प्रदेश ५ प्रमुख सिताराम चौधरी लगायत छन् ।

दावी र बिरोध

थाकस नेतृत्वको संघर्ष समितिलाई लक्षमणथारुको समुहले बिघटन भैसकेको भन्दै आएको छ ।थाक स नेतृत्वको संघर्ष समितिले आफुले लक्षमण थारु समुहलाई आन्दोलनगर्न अवरोध नगर्ने भन्दै नाम चाहि परिवर्न गर्न सुझाव दिएको छन् भने लक्षमण थारुले आफ्नो समूहकोभेलामा थाकसलाइ पनि निम्तो रहने बताएको छ । यी समुहहरु आफुलाई आधिकारिक दावी गर्ने गरेको छ ।नेता थारुले थाकस केन्द्रिय अध्यक्षलाइ सार्वजनिक कार्यक्रममा बिरोध गर्दै आएको छ ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here