कुरा सिधा गर्नुपर्छ ! नेवारहरुको संस्कृतिक धरोहर र सम्पदा जोगाइदिन थारुहरुले स्वर्गद्वारि आश्रम बाट पाउनु पर्ने जमिनको बलिदानी दिनुपर्ने ?
-थारु अगुवा सुरेन्द्र चौधरी

(दाङ मा रहेको स्वर्ग द्वारी आश्रमको अधिकांस जमिन थारुहरुले कयौ साल देखि जोत्दै आएको छ ।उक्त जमिनमा थारु किसानहरुले हक पाउनुपर्ने उहाको दावी रहेको छ । यस बिषय लिएर दाङ्ग मा गुठि बिध्येकको पक्षमा आन्दोलन समेत भएको छ । आन्दोलनको समर्थन नेकपा सचेतक शान्त चौधरी , मानिन्य सांसदहरु मेटमणि चौधरी र गङ्गा चौधरीले पनि गरेका छन् ।उहाले गुठि संस्थानको अधक्ष्य मिनराज चौधरी माथि प्रश्न उठेका छन् । )

गुठि संस्थानको अधक्ष्य मिनराज चौधरीको जवाफ :

विद्धवान मित्र सुरेन्द्र चौधरीको सवालमा (खुल्ला टिप्पणी/जवाफ)

यहाँले सामाजिक संजाल फेसबुकमा “कुरा सीधा गर्नुपर्छ” गुठी सम्बन्धी विषय बनाई राख्नु भएको प्रतिशोधात्मक सतही धारणाप्रति टिप्पणी गर्न मन त थिएन तर नबोल्दा÷नलेख्दा गलत सन्देश जाने भएको हुनाले तपाईको सवालयुक्त महत्वपूर्ण गुठी विधेयकको विषय क्रमशः स्पष्ट गर्दै लेख्न बाध्य भएको छु । केही अस्पष्ट प्रमाण सहित संवाद, छलफल गरी बहस गर्न तयार रहेको व्यहोरा अनुरोध छ ।

१) पहिलो कुरा ः विद्धवान मित्र सुरेन्द्र जी के गुठी भनेको नेवारहरुको मात्र सांस्कृतिक धरोहर र सम्पदा हो ? सवाल गर्नु भन्दा पहिला गुठी सम्बन्धी ऐन, २०३३ र गुठी सम्बन्धी विनियम, र हालको गुठी सम्बन्धि संशोधिन तथा एकिकरण गर्न बनेको विधेयक, २०७५ फुर्सद छैन होला मिलाई राम्ररी अध्ययन गर्न अनुरोध छ । प्रस्तावित विधेयक यहाँसंग छैन भने संसद सचिवालयको वइभसाइटमा राखिएको जानकारी गराउन चाहन्छु । गुठीमा पर्ने नवलपरासीको थारु समुदायको कुमारवर्ती देवथान, परम्परा देखि थारुका पुजारी रहेको बाराको गढीमाई मन्दिर, तपाईकै जिल्लाका थारु पुजारी रहेका पाल्पा तान्सेनको भैरब मन्दिर, थारु समुदायको संस्कृति अनुसार रहेको सुनसरीको रामधुनी अखडा, शेर्पा, तामाङ, गुरुङ आदि आदिवासी जनजातिहरु को विहार गुम्बा वहा, वही छोर्तेन, थन्वा, मरुवा, बह्रमथान देशैभरीका धार्मिक स्थलहरु सबै आ–आप्mनो जातिय वा समुदायगत धर्म संस्कृति अनुसार चल्दै गुठीमा पर्ने र धर्म संस्कृति सम्पदाको सार रुप नै गुठी भएको हुनाले तपाईको बुझाई जग्गा जमिन संग मात्र जोडेर हेर्नु संकिर्ण र गलत छ ।

२) दोस्रो कुरा ः स्वर्गद्धारी आश्रमबाट पाउनु पर्ने जमिनको बदिलानी दिनुपर्ने सवाल ? सुरेन्द्र जी कसैले बलिदानी दिनुपर्दैन । म पनि थारु किसानको छोरा हु त्यसैले अहिलेको ऐनमा किसानको परिभाषा, उनीहरुको अधिकार सम्बन्धी अझै स्पष्ट व्यवस्था सहित धर्म संस्कृतिको संरक्षण गर्दै गुठी, गुठी संचालन व्यवस्था, गुठियार, किसान सहित समग्र सम्पदालाई केन्द्र बिन्दु बनाई ऐन बन्नु पर्छ भन्ने हाम्रो मान्यता हो ।
यसका लागि पुस्तौं पुस्ता किसान, मोही भूमिहिन, मुक्तकमैया आदि जोतभोग गरेको आधारमा रैतानी नम्बरी गर्दा कटअप डेट (अर्थात) जोतभोग गरेको समय सीमा निर्धारणको व्यवस्था गरिनु पर्छ । होइन भने किसानको मोही हित वा स्वामित्वलाई मात्रै ध्यान दिने नाममा अतिक्रमण गरी बसेका र भूमाफियाहरुको हातमा गुठीका धेरै सम्पत्ति गुम्ने अवस्था छ । पुस्तौंदर जोतभोग गर्दै आएका किसान, भूमिहिनहरु जग्गा जमिन र घरमा उनीहरुको स्वामित्व हुनुपर्छ यसमा मेरो दुइमत छैन । तर समस्या जग्गा जमिन भएका मालिक र भूमाफियाहरुको बाट नै धेरै गुठीका जग्गा जमिन अतिक्रमणम भएका छन् यसलाई छानबिन गरी रोक्नु पर्दछ र त्यस्तालाई दिने नीतिगत व्यवस्था गुठीको हित विपरित हो भन्ने धारणा हो ।
तपाई लमहीको स्थायी बासी लमहीमा रहेको गुठी जग्गामा बनेका ठुलाठुला घरहरु कसरी बनेका छन् ? धनकुटाको लेगुवाघाटमा बनेका भौतिक संरचना हेर्नुस ? धनुषाको जनकपुर, महोत्तरीको मटिहानी, दिपायल, डोटी, जुम्ला आदिमा गुठीका जग्गामा कसरी अतिक्रमण भएका छन् ? के भवन संरचना बनाइ अतिक्रमण गर्ने सबै थारु छन नियालेर हेर्नुस ? प्रस्तावित विधेयकको दफा ५३ र ५६ मा भएको व्यवस्था अध्ययन गर्नुस् । यो व्यवस्था हुबहु पास भए दिनको दुई गुणा रातको चौगुणा अतिक्रमण बढ्ने निश्चिन्त छ ।

३) तेस्रो कुरा ः पहिला के हेरेर बसेको ? अहिले संस्थानको अध्यक्षले क्रान्तीकारी कुरा गर्न मिल्छ ? भन्ने सवालमा म यहाँलाई बिनम्र साथ अनुरोध भन्न चाहन्छु । तपाई जस्तो विद्धान नेतालाई के कुरा क्रान्ती लाग्छ ? के कुरा क्रान्ती लागने ? मलाई थाहा छैन तर यहाँलाई स्मरण गराउन चाहन्छु हामीले जहिले पनि सबै धर्म संस्कति, सम्पदाको संरक्षण संवद्र्धन गर्दै, किसान, गुठियार, रकमी, खानगीदार, महन्त, पुजारी आदि सबैको साझा थलो बन्नुपर्छ र गुठीको स्रोत साधन सबै धर्म संस्कृतिका लागि समुचित परिचालन गर्नुपर्छ भन्ने मान्यता राख्दै नेपालको संविधान, २०७२ को धारा २६ र आईएल ओ १६९ मा भएको व्यवस्था अनुसार आवाज बुलन्द गरी विगत, वर्तमान र भविश्यमा पनि अगाडि बढिरहने अवगत गराउन चाहन्छु ।
अहिलेको प्रस्तावित विधेय राष्ट्रिय सभामा टेबुल र संसद सचिवालमा दर्ता हुनुभन्दा पहिले विधेयकको मस्यौदा हामीले गुठी संस्थानबाट के कस्तो प्रस्ताव गरेका थियौ हेर्न सक्नुहुनेछ । कहाँ कहाँ फरक छन् दुरुस्त देख्नु हुनेछ । युएनडिपीमा सेवा गर्नुभएको तपाइँ आइएलओ १६९, संयुक्त राष्ट्रसंघीय घोषणापत्र, सिबिडि कन्भेन्सन लगायत आदिवासी र मानव अधिकारको सवालमा एडभोकेसी गर्ने अभिन्यता हुनुहुन्छ । हेर्नुस तपाइँले भनेजस्तो अहिलेको विधेयको प्रस्तावनामा धर्म संस्कृति सम्पदा कहाँ छ ? आदिवासी जनजातिहरुको धर्म प्रकृतिपूजा कहाँ उल्लेख छ ? थारुका ठन्हवा मरुवा ब्रहमथान, आदिवासीका बिहार, गुम्बा, वहा वही, छोर्तेन धार्मिक स्थल कहाँ उल्लेख छ ?
कतिपए किसानहरु खान्गी जग्गामा बसोबास गरी आएका छन् । खान्गी जग्गामा किसानको मोही लाग्दैन र अहिलेको व्यवस्थामा पनि मोही व्यवस्था छैन ? यहाँलाई जग्गामाको मात्र चिन्ता लागे जस्तो छ । तपाईले मान्दै आएको धर्म र संस्कृति, सम्पदा र अधिकार रहेन भने पहिचान र अस्तित्व कहाँ सुरक्षित रहन्छ भन्नुस त ? त्यसैले सबैको अधिकार सुरक्षित गर्दै गुठी र गुठी व्यवस्थालाई ऐन कानुन बन्नुपर्छ भन्ने मान्यता हो । अर्को कुरा पहिले किन भएन भन्ने सवालमा निर्वाचन भएपछि मात्रै अहिलेको सरकारले संविधानको धारा २९० को उपधारा (१) र (२) मा भएको व्यवस्था अनुसार अनुसूची ७ को २१ अनुसार संघीय गुठी ऐन बनाउन थालेको छ । यसमा अरु केही भन्नु पर्दैन बुभ्mनु हुन्छ होला ।

४) चौथो कुरा ः काठमाण्डौको नेवारहरुको संस्कृति मात्र जोगाउन थारु उठ्नु पर्ने जरुरी छैन ? विगत जस्तै बासुरी बजाउदै बस्नु ठीक भन्दै प्रतिशोधात्मक संकिर्ण बिचार÷टिप्पणी विद्धवान तपाईको मुखबाट भन्न सुहाउदैन । यसलाई कन्ट्रोल गर्दा यहाँको गरिमा बढ्ने छ । सामाजिक, सांस्कृतिक र सेवामूलक कार्यमा स्थानीय समुदायको सृर्जनशीलताको प्रवद्र्धन र सांस्कृतिक विविधता कायम राख्दै समानता र सहअस्तित्वको आधारमा सबै जात जाति, समुदाय र धार्मिक सम्प्रदाय, धार्मिक, सांस्कृतिक सम्प्रदाको विकास र संरक्षण गर्न गुठी व्यवस्था आवश्यक भएको हो ।
गुठी संस्थान ऐन २०३३ र अहिलेको संशोधित विधेय २०७५ मा यसको नीतिगत व्यवस्था छैन । यसर्थ यसका लागि सम्बोधन गराउन हामी लागि परेका छौं । यसलाई केवल नेवारसंग मात्र तुलना गर्दा अन्याय हुन जानेछ । थरुहट, मधेसी, आदिवासी जनजातिहरुको आन्दोलन हुँदा नेवारहरु पट्क्कै साथ समर्थन नदिएको चाही होइन । तर जसरी नेवारहरु नेवाः मण्डलबाट जुरुक्क उठेर साथ दिनुपर्ने हो त्यसरी हुन सकेको छैन । यसलाई रिसमा साँध्नु हुँदैन । बरु के कसरी कमी कमजोरी भइरहेको छ ? यसप्रति के ? कसरी गर्दा राम्रो हुन्छ विद्धवान तपाइँलाई भनिरहनु नपर्ला ।

अन्त्यमा अध्ययन गरी मनन् गरिदिनु भएकोमा आभार सहित धन्यवाद ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here