अषाढ ७ गते, शनिबार – मोरंगको ग्रामथान गाउँपालिका- १ लखन्तरीमा चौथो नकाउट फुटबल प्रतियोगितामा आज भएको उदघाटन खेलमा १ नं. प्रदेश दंगा नियन्त्रण गण दुहबी १-० ले गोकुवा युवा क्लब मोरंगलाई पराजित गरेको छ । खेलको अन्तिम अतिरिक्त ४ मिनेटको थप समयमा दंगा नियन्त्रण गणका जर्सी नं. १७ का पुजन राईले गोल गरि टिमलाई क्वाटरफाइनलमा प्रवेश गराएको हो । ग्रामथान गाउँपालिका १ नं. वडा कार्यालयको सहयोग र  दिप ज्योति युवा क्लबको आयोजना भएको आजको उदघाटन खेलमा म्यान अफ दी म्याच पुजन राई घोषित भए । कार्यक्रम उदघाटन सोहि वडाका वडाअध्यक्ष नमोनारायण माझीले गर्नु भयो भने क्लबका अध्यक्ष भागरथ चौधरीले अतिथि , खेलाडी र खेलप्रेमी महानुभावहरुलाई स्वागत तथा सम्मान गर्नुभयो ।

उक्त नकाउट फुटबल प्रतियोगिता १६ टिमले सहभागी जनाएको छ भने भोलिको खेल डिएफसी सुनसरी र सिसबोनि मोरंग बीच हुने आयोजकले जनाएको छ ।    

Spread the love
  •  
  •  
  •  
  •  
  •  

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here