असार २० गते, शुक्रवार – प्रदेश नं. १  मोरंगको ग्रामथान गाउँपालिका- १ लखन्तरीमा जारी चौथो नकाउट फुटबल प्रतियोगिताको सेमिफाइनल खेलमा  प्रदेश क्षेत्रीय सशस्त्र प्रहरी  गण रानी, बिराटनगरले २-० ले डिएफसी इटहरीलाई पराजित गरि फाइल खेलमा प्रवेश गरेका छन। रानीको तर्फबाट टिम क्याप्टेन दिल बहादुर तमाङ्गले दुबै गोल गरि उत्कृष्ट खेलाडीको रुपमा म्यान अफ दि म्याच समेत पाएका थिए।
अर्को तर्फ मिलन स्पोर्ट्स क्लब बिराटनगरले नबदुर्गा युवा क्लब मोतिपुरलाई २ को विरुद्ध ५ गोल गरि फाइलमा प्रवेश गरेका छन। भोलि शनिबार २१ गते भनिएको फाइल खेल भने प्राबिधिक कारणले अर्को शनिबार अर्थात २८ गते हुने आयोजक दिपज्योति युवा क्लबका अध्यक्ष भागरथ चौधरीले जानकारी दिनुभयो । फाइल खेल रामजानकी खेलमैदान लखन्तरीमा प्रदेश क्षेत्रीय सशस्त्र प्रहरी  गण रानी, बिराटनगर र मिलन स्पोर्ट्स क्लब बिराटनगर-१९  भिड्ने छन। उक्त दिन प्रतिनिधि सभा सदस्य अमनलाल मोदीको गरिमामय उपस्थिति रहने समेत आयोजकले जनाएको छ भने नकाउट फुटबल प्रतियोगितामा १६ टिमले सहभागी जनाएको थियो। बिजेताले नगद ५० हजार, ट्रफी, मेडल र प्रामाण पत्र  र उपबिजेताले नगद ३० हजार , ट्रफी , मेडल र प्रमाणपत्र पाउनेछन।सो खेलका लागी ग्रामथान गाउँपालिका १ नं. वडा कार्यालयको आर्थिक सहयोगमा आयोजना भएको हो। 

Spread the love
  •  
  •  
  •  
  •  
  •  

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here